१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

चन्द्रागिरि रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड’

चन्द्रागिरि रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड’
अ अ+ अ-

काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड– २०२१’ प्रदान गरिएको छ । आज नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा नेपालको एक उत्कृष्ट रिसोर्टका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो । हस्पिटालिटी इन्डिया, भारतीय पर्यटन बोर्ड र एक्स्प्लोर द वल्र्डद्वारा आज नयाँ दिल्लीमा आयोजित कार्यक्रममा केही भारतीय होटल तथा ट्राभल एजेन्सीसहित नेपालको चन्द्रागिरि रिसोर्टलाई पनि उत्कृष्ट रिसोर्ट अवार्ड प्रदान गरिएको हो ।
 
सो कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय पूर्वमन्त्री विजय गोयलले संयुक्तरुपमा सो अवार्ड प्रदान गर्नुभएको आयोजक भारतीय पर्यटन बोर्डद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा अवस्थित यस रिसोर्टमा पछिल्ला केही वर्षमा भारतीय पर्यटक पनि आकर्षित भइरहेका बताइन्छ । केबलकारसहितको यो गन्तव्य नेपालका आन्तरिक पर्यटकको पनि आकर्षक गन्तव्य हो । दक्षिण एसियामा उत्कृष्ट होटल तथा रिसोर्टहरुलाई प्रदान गरिने यस अवार्डबाट सन् २०१९ मा पनि चन्द्रागिरि रिसोर्ट सम्मानित भएको थियो ।
  
 सो अवार्ड प्रदान गरेपछि मन्त्री आलेले चन्द्रागिरि हिल्स रिसोर्टले अवार्ड प्राप्त गरेकामा खुसी व्यक्त गर्दै नेपालका होटल रिसोर्ट पनि अन्तर्राष्ट्रियस्तरका अवार्ड प्राप्त गर्न सक्षम छन् भन्ने यो एक सफल उदाहरण हो भन्नुभयो । उहाँले नेपालका उत्कृष्ट गन्तव्यस्थलको भ्रमण गरी मनोरञ्जन लिन भारतीय पर्यटकलाई आमन्त्रण गर्नुभयो । भारतका पूर्वमन्त्री विजय गोयलले नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित रहेको धारणा राख्नुभयो । रासस