५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इक्वेडरमा जेलभित्र भिडन्त, ६८ जना बन्दीको मृत्यु



अ+ अ-

दक्षिण अमेरिकी मुलुक इक्वेडरको गुयाकिलमा रहेको एक जेलभित्र कैदीहरुबीच नै भएको भिडन्तमा परेर ६८ जना कैदीबन्दीको ज्यान गएको छ । समाचार संस्था एएफपीले स्थानीय जेल अधिकारीलाई उद्धृत गर्दै कैदीहरुले एकअर्कामाथि बन्दुक, विस्फोटक पदार्थ र ब्लेड प्रहार गरेका थिए ।

गत सेप्टेम्बरमा पनि त्यही जेलभित्र परस्पर समूह (ग्याङ) बीच भिडन्त हुँदा ११९ जनाको ज्यान गएको थियो ।

इक्वेडरका राष्ट्रपतिका प्रवक्ता कार्लोस जिजोनले लागूऔषधका तस्करहरुसँग निकट सम्बन्ध रहेका बन्दीहरुबीच भिडन्त भएको बताएका छन् । सुरक्षाफौजले उक्त जेलभित्रको भिडन्तलाई नियन्त्रणमा लिइसकेको जनाएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार रातिदेखि नै परस्पर समूहबीच भिडन्त शुरु भएको थियो । जेल रहेको गुयाज प्रान्तका गभर्नर पाब्लो एरोसिमेनाले कैदीहरुको ग्याङबीच भएको यो भिडन्त निकै दर्दनाक देखिएको बताउनुभयो ।

भिडन्तमा अरु २५ जना घाइते भएका छन् ।