काठमाडौं । चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जित्नुभएको छ । उपाधी संगै उहाले नगद ५० हजार जित्नु भएको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारीत दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै पहिलो हुनुभयो ।
दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाचौ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् ।
महिला तर्फ धादिङका रसिला तामाङ पहिलो हुनु भयो । उहाले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गर्नुभयो । उपाधी संगै उहाले नगद ५० हजार पाउनु भएको छ । सिन्धुपाल्चोकका नितु तामाङले निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्ड मा दौड पुरा गर्दै दोश्रो स्थान प्राप्त गर्नुभयो ।
तेस्रो, चौँथो र पाँचौ स्थान क्रमश प्ुयुठानका संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पार्नुभयो । त्यस्तै सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन । प्रतियोगितामा सहभागि खेलाडीको हौसला बढाउन यसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाउनु भएको थियो ।
जिल्लाको थाङ्पाल गाउँपालीकाको रैथानेश्वरीदेखि सुरु २१ किलोमिटरको म्याराथन ४ हजार २ सय मिटर उचाइको पाँचपोखरी बाट सुरु भएको हो । पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने मुल नाराका साथ स्वस्थ्य रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद सदस्य सचिब सुर्यलाल भन्डारिले बताउनुभयो ।
पुरुष तथा महिला म्याराथन विजेताहरुले क्रमश पचास हजार, तीस हजार, बीस हजार, दश हजारका साथ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । जिल्लाकै गौरब बोकेको पर्यटकीय स्थल पाँचपोखरीलाई खेलकुद मार्फत जोडेर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको गाउँपालिका अध्यक्ष टासि लामाले बताउनुभयो ।
म्याराथनलाई आगामी वर्षहरुमा थप स्तरवृद्धि गर्दै अन्तराष्ट्यि स्तरको आयोजना गर्ने खेलकुल परिषदले जनाएको छ ।