२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्लभ पेन्गुइनको ३,००० किलोमिटर यात्रा, एन्टार्टीकाबाट पुग्यो न्युजील्यान्ड



अ+ अ-

एजेन्सी । एन्टार्टीकाको एउटा पेन्गुइन कम्तीमा ३,००० किलोमिटर लामो यात्रा तय गर्दै न्युजील्यान्ड पुगेको छ ।

स्थानीय बासिन्दाहरूले पिङ्गु नाम दिएको उक्त पेन्गुइन एउटा समुद्र तटमा अलमलिएको अवस्थामा फेला परेको थियो ।

पहिलो पटक त्यो पेन्गुइनलाई देख्ने स्थानीय बासिन्दा ह्यारी सिंहले सुरुमा आफूलाई त्यो  ‘खेलौना’ हो कि भन्ने लागेको बताए ।

सो प्रजातिको पेन्गुइन न्युजील्यान्डको तटमा फेला परेको यो तेस्रो घटना हो ।

यसरी भेटियो
सिंह र उनकी पत्नी क्राइस्टचर्च सहरको दक्षिणमा रहेको बर्डलीङ्स फ्ल्याटस्थित समुद्र तटमा टहलिरहेका थिए ।

‘सुरुमा मलाई यो एउटा खेलौना हो भन्ने लाग्यो। एक्कासि पेन्गुइनले टाउको हल्लायो र त्यसपछि मात्रै मलाई यो सक्कली हो भन्ने लाग्यो’, सिंहले भने ।

उनले फेसबुकमा पोस्ट गरेको उक्त पेन्गुइनको भिडिओमा त्यो एक्लै र हराएको अनुभूति गरेको देखिन्थ्यो ।

‘उसले एक घण्टासम्म हलचल गरेन’ र थकित देखिन्थ्यो, सिंहले भने ।

त्यसपछि सिंह पेन्गुइन उद्धारकर्ताहरूलाई सम्पर्क गर्नतिर लागे । उक्त पेन्गुइन पानीतिर नगएका कारण अन्य जनावरको सिकार हुन सक्ने कुराले सिंह चिन्तित थिए ।

‘हामी कुकर वा बिरोको पेटमा पेन्गुइन परोस् भन्ने चाहन्न थ्यौँ’, उनले भने ।

पेन्गुइन पुनर्वासको व्यवस्थासम्बन्धी कार्यमा लागेका टमस स्ट्रयाकले सो पेन्गुइनको उद्धार गरे ।

एन्टार्टीकामा मात्रै पाइने प्रजातिको पेन्गुइन रहेको थाहा पाएपछि स्ट्रयाक चकित भए ।

पेन्गुइनको रक्त परीक्षण गर्दा उसको तौल केही कम रहेको र उसको शरीरमा पानीको मात्रा कम रहेको पाइएको थियो ।

त्यसपछि उसलाई फिडिङ ट्युबमार्फत झोल पदार्थ खुवाइएको थियो । बीबीसी