५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम सामग्रीको प्रयोग कम गर्न विद्युतीय प्रयोग बढाऔँः ऊर्जामन्त्री



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताउनुभएको छ । 

सामुदायिक रेडियो प्रसारक सङ्घ९एको¥याब०ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको समयावधिभन्दा अगावै नेपालबाट पेट्रोलियम पदार्थको प्रयोग प्रतिस्थापन गर्न सकिने गरी योजना बनाउने बताउनुभयो ।

“विशेषज्ञ र सरोकारवालाई अध्ययन गराएर कार्ययोजना बनाउने छु । त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौँ”, स्वदेशमै उत्पादन भएको विद्युत् खपत गर्दा व्यापारघाटा कम गर्न सकिने विश्वास व्यक्त गर्दै उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्वदेशी उत्पादन प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा पनि मद्दत पुग्छ ।”

जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि हामीले विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भन्नुभयो, “हिउँ पग्लँदै छन्, हिउँपोखरीको जोखिम बढ्ने देखिएको छ । यस्ता जोखिम कम गर्न पनि हाम्रोतर्फबाट योगदान गरौँ ।” विकसित राष्ट्रले गरेको गल्तीका कारण जलवायु परिवर्तन नराम्रो असर नेपालमा पर्न थालेको बताउँदै उहाँले भन्नुभयो, “मनाङलगायत जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ, हामीले नखाएको विषको परिणाम हामीले भोगिरहेका छौँ ।”

विपद्का समयमा रेडियोको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री भुसालले भन्नुभयो, “विपद्का समयमा सबैभन्दा बढी प्रभावकारी एफएम नै हुन्छ । सूचना साझेदारीको काम गर्न तयार छौँ । सूचनाको माध्यम रेडियो भएको छ ।” सरकार सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै उहाँले जुनसुकै समयमा पनि सहजरूपमा रेडियो सुन्न सकिने भएकाले रेडियो प्रभावकारी सूचना प्रवाह गर्ने माध्यम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चारमा सबैभन्दा प्रभावशाली रेडियो नै छ ।” 

जनताको प्रगतिमा आफू निरन्तर लाग्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “समाजवाद उन्मुख समाज निर्माणको पहिलो दायित्व गरिबी निवारण नै हो ।” मन्त्री भुसालले जनताको दैनिक जीवनमा प्रभाव पार्ने विद्युत् २६ लाख घरपरिवारलाई निःशुल्क गरेको सुनाउनुभयो ।

कार्यक्रममा एको¥याबका अध्यक्ष अर्जुन गिरीले कोभिड–१९ को सङ्क्रमण, भूकम्पको जोखिम एवं बाढी पहिरोका समयमा सामुदायिक एफएमहरूले महत्वपूर्ण योगादान गरेको उल्लेख गर्दै सामुदायिक रेडियोका समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

 कार्यक्रममा वरिष्ठ पत्रकार एवं फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सामुदायिक रेडियोले प्रविधिमात्र नभई विषयवस्तुका सन्दर्भमा पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताउँदै अभ्यासमा पनि सामुदायिक रेडियो भन्ने प्रमाणित गर्दै जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक कमलराज जोशीले सामुदायिक रेडियोसँग सहकार्य गरेर विपद्का सूचना प्रवाह गर्न विभाग तयार रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

त्यसैगरी पूर्व अध्यक्षहरू मीनबहादुर शाही र सुवास खतिवडाले विपद्का समयमा रेडियोको भूमिका महत्वपूर्ण हुने भएकाले राज्यले सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा बिबिसी नेपाली सेवाका प्रमुख जितेन्द्र रावतले श्रोताको आवश्यकतानुसार विषयवस्तु उत्पादन गर्न सक्दा नै रेडियोको जिम्मेवारी पूरा हुने बताउनुभयो ।