१४ असार २०८३, आईतवार
,
Latest
झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन गर्न सभापति देउवाको संयोजकत्वमा मूल समिति गठन



अ+ अ-

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन आयोजना गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । 

कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको र समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय संसद्का सदस्यहरु, पार्टीका सातै प्रदेशका संसदीय दलका नेताहरु सदस्य रहनुहुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसले अन्य विभिन्न विषयगत समिति र उपसमितिसमेत गठन गरेको छ । केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ सङ्कलन समिति, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना सत्कार, प्रवक्ता शर्माको संयोजकत्वमा प्रचारप्रसार, केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास समिति, मोहनबहादुर बस्नेतको संयोजकत्वमा  स्वास्थ्य समिति, सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक, पार्टीका काठमाडौैँ जिल्ला सभापतिको संयोजकत्वमा ललितपुर र भक्तपुरका सभापति रहने गरी मञ्च व्यवस्थापन समिति गठन गरिएको उहाँले बताउनुभयो ।

यसैगरी प्रदेशमा अधिवेशन सम्पन्न गर्नका लागि समन्वय गर्न प्रदेश नं १ मा कृष्णप्रसाद सिटौला, प्रदेश नं २ मा रमेश रिजाल, वाग्मती प्रदेशमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडूलाई जिम्मेवारी तोकिएको छ । उक्त समितिहरुमा प्रदेशसभा संसदीय दलका नेता, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलगायत रहनुहुने छ ।

कांग्रेसको प्रदेश अधिवेशन आगामी मङ्सिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेम्म गर्ने तय भएको छ ।