• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ★   इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति ★   विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी ★   १६७ रुपैयाँमै घर !

नेप्से परिसूचक १.५५ अङ्कले बढेर २५४४.९४ विन्दुमा



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ अङ्कले उकालो लागेर दुई हजार ५४४.९४ मा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ४९२.५३ मा पुगेको छ । कूल २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर रु दुई अर्ब ६० करोड नौ लाख ३० हजार ४०३ मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ ६.४, होटल तथा पर्यटन १४.१८, निर्जीवन बीमा ९.८८, उत्पादन ८७.६३, अन्य ३५.५ अङ्कले उकालो लागेको छ । यस्तै व्यापार १५.७४, विकास बैंक २१.४१, जलविद्युत् ३१.९९, वित्त २८.२४, लघुवित्त ४.५७, जीवन बीमा १५०.३२, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.५७ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ३६ खर्ब छ अर्ब २२ करोड ६२ लाख ७० हजार ६२४ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २७ करोड ६९ लाख ३२ हजार ८६३ बराबरको कारोबार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १२ करोड ६२ लाख ७६ हजार ४८६, नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड छ लाख २५ हजार, एनआइसी एशिया बैंक रु १० करोड ५० लाख २७ हजार ५८२ र पाँचथर पावर कम्पनी रु १० करोड ४२ लाख २७ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ५.८९, बोटलर्स् नेपाल तराई ५.४८, सामुदायिक लघुवित्त ४.३४, इमर्जिङ नेपाल ४.०१ र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले ३.१८ प्रतिशतले कमाए ।

त्यस्तै पाँचथर पावर कम्पनी ६.९०, पञ्चकन्या माई हाइड्रोपावर ४.४७, कर्पोरेट डेभलपमेन्ट बैंक ४.१३, बरुण हाइड्रोपावर ३.९१ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३.४६ प्रतिशतले गुमाए ।