२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ करोडको लागतमा शङ्खधर उद्यान तयार, मेयर शाक्यले गरे उद्घाटन



अ+ अ-

 

भक्तपुरः मध्यपुर थिमिस्थित शङ्खधर चोकमा आकर्षक शङ्खधर उद्यान निर्माण गरिएको छ ।  नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडमा सो उद्यान तयार पारिएको हो ।

शङ्खधर दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार उद्यानको शुभारम्भ गर्र्दै उपत्यकाका १२  नगरपालिकालाई धार्मिक तथा पर्यटकीय उद्यान तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको बताउनुभयोे ।

उहाँले भन्नुभयो, “काठमाडौँ महानगरपालिका सबैभन्दा जेठो र स्रेत साधन पनि धेरै भएको सांस्कृतिक पालिका हो, आफ्नो नगरपालिका मात्रै बनाएर हुँदैन, छिमेकी नगरपालिका पनि बनाउनुपर्छ तब मात्र महानगरपालिकाको गौरब बढ्छ भनेर नगरपालिका नगरपालिका साझेदारी कार्यक्रम अगाडि बढायौँ, यसको एउटा नमूना यो उद्यान हो ।”

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “शङ्खधर उद्यान निर्माणका लागि कूल रु १३ करोडको गुरुयोजना स्वीकृत गरेका थियाँै, यसमा पहिलो चरणको काम सम्पन्न ग¥यौँ, बाँकी काम अर्को वर्ष अर्को कार्यकालका लागि बाँकी राखेका छौँ, बाँकी काम सम्पन्न गर्न महानगरले आगामी वर्ष अझ धेरै आर्थिक सहयोग गर्छ भन्ने विश्वास लिएको छु ।”
    
करिब १३ रोपनी क्षेत्रफलमा ढुङ्गाको खुट्किला, पानीको झरना, झुण्डिएको बगैँचा, ढुङ्गेधारा, एम पी थियटर (डवली), पदमार्ग, दुबो रोपेर हरियो बगैँचा, ह्याङ्गिङ गार्डेन, निर्माण भएको छ । गुरुयोजनाअनुसार बाँकी पाँच रोपनीमा हरियो उद्यान,  चिल्ड्रेन पार्क, परम्परागत शैलीको सत्तल (पाटी), शङ्खधर साख्वाःको शालिक, ठूलो शङ्ख, रक क्लाइम्मिङ, रोप क्लाइम्मिङ निर्माण गर्ने काम बाँकी भएको छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरपालिकाले पनि संस्कृति, सम्पदा संरक्षणमा हातेमालो गर्दै अघि बढेको बताउनुभयो ।

कार्यक्रममा शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, शङ्खधर साख्वाः प्रतिष्ठानका उपाध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुर थिमि नपा वडा नं ४ का सदस्य रामकेशरी श्रेष्ठलगायतले शङ्खधर उद्यान र सम्पदा संरक्षणमा थिमिले चालेको कदमको चर्चा गर्नुभएको थियो । कार्यक्रममा भैरव–काली, महाकाली, लाखे, महामञ्जुश्री, कुमारी नृत्य, नौ बाजा तथा गीत प्रस्तुत गरिएको थियो ।