६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको हैजाविरुद्धको साढे दुई लाख डोज ओरल खोप नेपाल आइपुग्यो



अ+ अ-

काठमाडौं । हैजाविरुद्धको साढे दुई लाख डोज ओरल खोप नेपाल आइपुगेको छ । उक्त खोप विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको हो । 

स्वास्थ्य मन्त्रालयलका अनुसार कपिलवस्तुको पाँच वटा नगरपालिकाका स्थानीयलाई सो खोप आगामी आइतबार लगाइने छ ।

कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिनेछ।

यतिबेला कपिलवस्तुमा झाडापखालाको प्रकोप फैलिएसंगै प्रकोपबाट चार जनाको समेत मृत्यु भइसकेको मन्त्रालयले जनाएको हो ।