१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण



अ+ अ-

काठमाडौं । भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ । सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गर्र्दै भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी गराएको हो ।

कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नागम्य श्री खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरुप ५० हजार निजी घरहरुको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो । उहाँले नेपाललाई भारत सरकारले पुनर्निर्माणको क्षेत्रमा सहयोग गरिरहेको बताउँदै गोरखा, नुवाकोट र काठमाडौँलगायतका क्षेत्रमा साँस्कृतिक सम्पदाहरु पुनः निर्माणमा सहयोग गरिरहेको बताउनु भयो । उपप्रमुख खाम्पाले नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार सम्पन्न भएको बताउनु भयो ।

उपप्रमुख खम्पाले भन्नुभयो, ‘नेपाललाई भारतले पुनर्निर्माणको क्षेत्रमा धेरै सहयोग गरिरहेको छ, सम्पदा संरचना लगायतका क्षेत्रमा सम्पदा पुनर्निर्माणका लागि धेरै रकम प्रदान गरेको छ, गोरखा, नुवाकोट र काठमाडौँ लगायतका क्षेत्रमा भत्किएका भौतिक पुनः संरचना निर्माणमा सहयोग गरेको छ, मलाई विश्वास छ भारत सरकारले उपलब्ध गराएको अन्य अनुदान पनि नेपाल सरकारले उचित स्थानमा प्रयोग गर्नेछ, नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार सम्पन्न भएको छ ।’

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतले गरेको सहयोगका लागि धन्यवाद दिन्ुभयो । उहाँले भारत सरकारले नेपाललाई पुनर्निर्माणका लागि धेरै स्थानमा सहयोग गरेको बताउँदै भारतले उपलब्ध गराउने रकम उचित क्षेत्रमा प्रयोग हुने बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गोरखा र नुवाकोट जिल्लाका ४ नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन सन् २०१८ मा भारत सरकारले युएनडिपी र युएनओपिएसलाई यस परियोजनामा संलग्न गराएको बताउनु भयो । उहाँले १०० मिलियन अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिट अन्तर्गतको ५० मिलियन अमेरिकी डलरसहित ५०,००० घरको पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्प पछिको सहायता प्याकेजको रुपमा भारत सरकारले १५० मिलियन अमेरिकी डलरको प्रतिवद्घता जनाएअनुरुप काम सम्पन्न भएको बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो, ‘नेपालमा २०७२ सालको महा भूकम्पमा ध्वस्त भएका संरचनाहरुको पुनः निर्माणको लागि भारत सरकारले धेरै सहयोग गरेको छ, यसको लागि म भारत सरकारलाई धन्यवाद भन्न चाहन्छु, निजी निवास पुनर्निर्माणमा गरेको सहयोगले नै आज हामीले गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माण सम्पन्न गरेका छौँ, हामीलाई भारत सरकारले प्राविधक र सामाजिक क्षेत्रमा गरेको सहयोग उल्लेख्य छ ।’

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास पुनर्निर्माण परियोजनालाई प्रभावकारी ढङ्गले सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निकायहरूले महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गराउनु भयो ।