१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

मुस्ताङमा गएको सुक्खा हिमपहिरो स्वाभाविक कि अस्वाभाविक ?

मुस्ताङमा गएको सुक्खा हिमपहिरो स्वाभाविक कि अस्वाभाविक ?
अ अ+ अ-

बीबीसी । आइतबार बिहान मुस्ताङमा गएको हिमपहिरोबाट मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार उक्त हिमपहिरोबाट बच्न भागदौडमा परेर घाइते भएकामध्ये केही उपचारपछि घर फर्किएका छन् भने तीन जनालाई जिल्ला बाहिर उपचारका लागि पठाइएको छ।

वर्षा र हिमपात दुवै नभएका र सुक्खा मौसममा गएकाले उक्त हिमपहिरोलाई कतिपयले 'अस्वाभाविक' ठानेका छन्।

तर एकजना हिमनदी विज्ञले उक्त घटनालाई 'स्वाभाविक र प्राकृतिक' भएको बीबीसीलाई बताए।

के भएको थियो ?
आइतवार बिहान ११:४० बजेतिर मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर-२ मा पर्ने भुर्जुङकोट बोक्सी खोलामा करिब साढे ११ बजेतिर अप्रत्याशित रूपमा हिमपहिरो खसेको थियो।

सामाजिक सञ्जालहरूमा प्रेषित भिडिओ सामग्रीहरूमा उक्त पहिरोका कारण नजिकैको गाउँमा भागदौड मच्चिएको देखिन्छ।

सेतो बादलजस्तो र त्यसमा धुलो मिसिएको जस्तो गरी उक्त हिमपहिरो खसेको ती सामग्रीहरूमा देखिएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार धौलागिरि हिमशृङ्खलाको याङ्देन खर्कबाट हिमपहिरो खसेको हो।

त्यसका कारण तल पर्ने एउटा विद्यालयमा भागदौडसमेत भएको उनले बताए।

उनले भने, "त्यहाँ शिक्षक र विद्यार्थी गरेर ११ जना घाइते भएकोमा तीन जनालाई उपचारका लागि बाहिर पठाइएको छ। अरू ठिक भएर घर गएका छन्।'

थप क्षतिबारे विवरण सङ्कलन भइरहेको उनको भनाइ छ। उनले उक्त क्षेत्र पदयात्रा जाने क्षेत्र पनि नपरेको र बस्ती पनि नजिक नभएकाले कम क्षति भएको बताए।

सुक्खा हिमपहिरो कति स्वाभाविक ?
हिमनदी विज्ञ तथा काठमाण्डू विश्वविद्यालय वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा। रिजनभक्त कायस्थ आइतवारको हिमपहिरोलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँछन्।

उनले भने, 'यस्तो मौसममा पहिले पनि यस्तै खाले हिमपहिरो गएका छन्। धेरै धनजनको क्षति पनि भएको छ। २५ वर्षजति अघि सगरमाथा क्षेत्रको गोक्योमा पनि हिमपहिरो जाँदा कयौँको ज्यान गएको थियो।'

'तर त्यसबेलाको र अहिलेकोमा के फरक छ भने त्यसबेला ठूलो हिमपात भएको थियो। अहिले भने ताजा हिमपातबाट होइन एकरडेढ महिनाअघिको हिमपातबाट हिमपहिरो गयो।'

कायस्थका अनुसार एकरडेढ महिनाअघि हिमपात हुँदा ठूलो मात्रामा जमेर बसेको हिउँ अहिले तापक्रम बढेपछि पग्लिन थालेको र त्यो हिउँको ठूलो थुप्रोको भित्र पसेर पानीका रूपमा बग्दा अहिलेको अवस्था आएको हो।

'त्यो पग्लेको पानी कुनै पनि माध्यमबाट बाहिर निस्कँदा दुईवटा सतह बनाइदिन्छ। त्यस्तो अवस्थामा माथिको ढिस्को एक्कासि ढल्दा यस्तो अवस्था भएजस्तो देखिन्छ।'

उनले अहिलेको अवस्था हेर्दा उक्त हिमपहिरो जलवायु परिवर्तनकै असरका कारण गएको जस्तो नदेखिएको बताए।

'अहिलेको सामान्य नै भन्नुपर्छ। यस्ता हिमपहिरो धेरै गइरहेका हुन्छन्। तर बस्ती नहुने भएकाले त्यति खबरमा आउँदैनन्,' उनले भने।

अनुकूलनका लागि के गर्ने ?
तर कैयौँ अवस्थामा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर देखापरेको र त्यसले जोखिम बढाएको ठम्याइ उनको छ।

उनले केही साताअघि मात्र हिमपात हुनुपर्ने मनाङ जिल्लाका केही स्थानमा ठूलो वर्षा भएको भन्दै त्यो जलवायु परिवर्तनको असर हुनसक्ने बताए।

यस्तो अवस्थामा जोखिमबाट बच्नका निम्ति सबैभन्दा पहिले मौसमसम्बन्धी विस्तृत र वैज्ञानिक विवरणहरू हुनुपर्ने उनको भनाइ छ।

उनले भने, 'हामीले तीन हजार मिटरमाथिको हावापानी तथा हिमपातको पूर्वानुमान गर्न सकेका छैनौँ। अहिले त्यो उचाइमाथि १२ वटा मात्र वर्षा मापन केन्द्र छन्। त्यो पर्याप्त छैन।'

उनी नेपालमा वैज्ञानिक ढङ्गले हिमपातको मात्रा अवलोकन र मापन हुन नसकेको बताउँछन्।

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा प्रमुख डा. इन्दिरा कँडेल पनि उच्च भेगमा पर्याप्त मौसम मापन केन्द्रहरू राख्न नसकिएको बताउँछिन्।

उनले भनिन्, 'कतिपय भेगमा अझै पर्याप्त उपकरण राख्न सकिएको छैन। जनशक्तिको अभाव पनि छ।'

'हिमपातको पनि मापन र पूर्वानुमान गर्न नसकिने होइन तर त्यसका लागि हामीले अझै थप उपकरण र केन्द्र राख्नुपर्ने आवश्यकता छ।'

हिमनदी विज्ञ कायस्थ जोखिम बढिरहेका बेला अनुकूलनका लागि मौसमको वैज्ञानिक विवरण नियमित राखेर जोखिम क्षेत्रमा जनचेतना फैलाउनुपर्ने बताउँछन्।