१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशलाई नेपाल बार र सर्वोच्च बारको जवाफ – संवादमा बस्न सकिँदैन



अ+ अ-

काठमाडौं । आन्दोलनरत नेपाल बार एशोशिएशन र सर्वोच्च अदालत नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग संवादमा बस्न नसकिने जवाफ दिएका छन । 

प्रधानन्यायाधीश जबराले न्यायालयको संकट समाधानका लागि संवादमा आउन आग्रह गर्दै सोमबार जारी गरिएको विज्ञप्तीको जवाफ दिँदै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत नेपाल बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले वार्तामा बस्नै नसकिने बताउनु भएको हो । सोमबार पनि सर्वोच्च अदालत परिसरमा आयोजित धर्ना कार्यक्रममा बोल्दै नेपाल बारका अध्यक्ष श्रेष्ठले संवादमा बस्न नसकिने भन्दै तत्काल राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई दवाव दिनु भयो । 

उहाँले न्यायपालिकाको जनआस्था कायम राख्नका लागि, जनतालाई न्याय दिलाउनका लागि एक मात्रै उपाय भनेको प्रधानन्यायाधीश जबराको राजीनामा भएको दोहोर्याउनु भयो । अध्यक्ष श्रेष्ठले भन्नु भयो, ‘प्रधानन्यायाधीश जबरालाई न्यायपालिका भित्रको विकृति, विसंगति र भ्रष्टाचारको प्रवक्ताको रुपमा पठाएका होइनौं । हामीले न्यायपालिकाको गरिमा राख्नका लागि, जनतालाई न्याय दिलाउनका लागि प्रधानन्यायाधीश हामीले बनाएको हौं । 

नेपाल राज्यले उहाँलाई प्रधानन्यायाधीश बनाएको न्यायपालिकाको जनआस्था राख्न, जनतालाई न्याय दिलाउनका लागि हो । तर न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारको पक्षमा प्रवक्ताको रुपमा जो उभिनु भएको छ । पक्षपोषकको रुपमा उभिनु भएको छ । हामीले भन्यौ–तपाईको राजीनामा यो न्यायपालिकाको एक मात्र जनआस्था कायम राख्ने उपाय हुन सक्दछ । त्यस पछाडिका दिनमा तपाईको राजीनामा पछाडि न्यायपालिका भित्रको विकृति, विसंगति र भ्रष्टाचार रोक्नका लागि वार्ता हुन सक्दछ तर त्यो तपाईसँग होईन । तपाई विकृति, विसंगति र भ्रष्टाचारको प्रवक्तासँग होईन । त्यसकारणले गर्दाखेरी कृपया, राजीनामा दिनुहोस् । न्यायपालिकाको गरिमा राख्नोस् ।’

न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार अन्त्य गर्ने मूल ढोका बन्द गर्ने नै प्रधानन्यायाधीश जबरा भएकाले उनीसँग संवाद गर्ने पक्षमा आफूहरु नरहेको सर्वोच्च अदालत नेपाल बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले बताउनु भयो । उहाँले जबराले प्रधानन्यायाधीश पद त्याग गरेपछि न्यायालयको सुदृढीकरणका लागि नयाँ नेतृत्वसँग संवाद र वार्ता हुने स्पष्ट पार्नु भयो । 

वरिष्ठ अधिवक्ता समेत रहनु भएका शाक्यले भन्नु भयो, ‘न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारको मूलढोका नै बन्द गर्ने व्यक्तित्व चाँही अहिले चोलेन्द्र शमशेर जबरा भएको ठहर गरिसकेपछि, उहाँलाई हामीले प्रवेश नै निषेध गरिसकेपछि । उहाँ असक्षम, अयोग्य घोषित गरिसकेपछि उहाँको नेतृत्वलाई हामी मान्यता दिन सक्दैनौं भनेपछि उहाँसँग हामीले वार्ता गर्ने प्रश्न नै उठदैन । उहाँले पद त्याग गरिसकेपछि हाम्रो वार्ता भनेको अव आउने नयाँ नेतृत्वसँग न्यायपालिकाको सुदृढिकरणका लागि चाल्नुपर्ने कदमहरु र हाम्रो हरिकृष्ण कार्की नेतृत्वको बारको समेत सहभागितामा तयार पारेको कार्ययोजना न्यायपालिकाको सुदृढीकरण कार्ययोजना कार्यान्वयनका लागि नयाँ आउने नेतृत्वसँग हामीले छलफल गर्ने हो । अहिलेको नेतृत्वसँग हाम्रो छलफल हुन सक्दैन । उहाँसँग वार्ता हुन सक्दैन ।’

पूर्वमहान्यायाधीवक्ता एवम् वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले गरिव जनतालाई न्याय दिलाउन, संविधानको संरक्षण गर्नका लागि प्रधानन्यायाधीशको राजीनामा माग गर्नु परेको स्पष्ट पार्नु भयो । उहाँले आम जनताका लागि अरु नबोलेपनि कानुन व्यवसायीहरु छन भन्ने प्रतिवद्धता जनाउन पनि प्रधानन्यायाधीशविरुद्ध आन्दोलन भईरहेको बताउनु भयो । 

वरिष्ठ अधिवक्ता डा. संग्रौलाले भन्नु भयो, ‘यो न्यायालय बच्यो भने गरिवले न्याय पाउँछ । त्यसकारण हाम्रो लडाई गरिवको लागि हो । यो संविधानको संरक्षणको लागि पनि यो लडाई हो । मैले अघि नै भने–निष्पक्ष र स्वच्छ न्याय यहाँ हुनुपर्छ । त्यो भएन भन्ने कुरा हो । त्यसकारण उहाँलाई राजीनामा दिनुस् भनेको हो । त्यसका लागि यो लडाई हो । तेस्रो कुरा, यो आमजनताका लागि अरु नबोलेपनि कानुन व्यवसायीहरु बोल्छौ भन्ने प्रतिवद्धता हो ।’

वरिष्ठ अधिवक्ता संग्रौलाले प्रधानन्यायाधीश जबराले निष्पक्ष र स्वच्छ न्याय दिने अवस्था नभएको पटकपटक दोहो¥याउँदै तत्काल राजीनामा दिन दवाव दिनु भयो ।