१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारीहरुलाई कारबाही गर्न अख्तियारसमक्ष गण्डकी प्रदेश प्रमुखको आग्रह



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जनताले विश्वास गर्नेगरी भ्रष्टाचारीहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुभएको छ । 

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकी प्रदेशको ३१ औँ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख गुरुङले ठूल्ठूला भ्रष्टाचारको मुद्धाहरुमा जनतालाई विश्वास हुनेगरी अख्तियारले काम गर्न नसकेको भन्दै जनतालाई विश्वास हुनेगरी काम गर्न आग्रह गर्नुभएको हो । भ्रष्टाचारको मुद्धामा ठूलाहरु कमै फस्ने गरेको उहाँले बताउनुभयो । भ्रष्टाचारीलाई अख्तियारले कारबाही गर्छ भन्ने जनविश्वास स्थापित हुनेगरी काम गर्न उहाँले सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो – ‘अहिलेसम्मको अख्तियारको क्रियाकलापमा ठुला–ठुला माछाहरु कमै फस्ने । बहुदल पुर्नस्थापनापछि केही मन्त्रीहरु कारबाहीमा परे। कारागारमा पनि परे । तर त्यसपछि हामीले मिडियाबाट आए अनुसारका ठुला–ठुला भ्रष्टाचारहरु अझैपनि जनतालाई विश्वास हुने गरेर यो कार्यालयले काम गर्न सकेको महशुस आम जनताले अझै गर्न सकेको छैन । आम जनताले भ्रष्टाचारीहरुलाई कारबाही गर्न सक्छ, गर्छ भन्ने जनविश्वास स्थापित गर्नका लागि यो अयोग सशक्त रुपमा अगाडी बढ्न सकोस् ।’

प्रदेश प्रमुख गुरुङले भ्रष्टाचार गर्ने जुनसुकै तहका जनप्रतिनिधि अथवा प्रशासकलाई अख्तियारले आफ्नो दायरामा ल्याउनुपर्ने बताउनुभयो । सबैलाई मुलुकप्रति जिम्मेवार बनाउने जिम्मेवारी अख्तियारको भएको उल्लेख गर्दै उहाँले सो जिम्मेवारीलाई राम्ररी पुरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘मुलुकमा व्याप्त देश विरोधी कामहरु, आर्थिक भ्रष्टाचारका कुराहरु, यथार्थमा राष्ट्र र जनतालाई सम्झेर जुनसुकै तहका चाहे जनप्रतिनिधि होस्, चाहे प्रशासनिक क्षेत्रका हुन्, यसका दायराभित्र आउने सम्पूर्ण तहका निकायहरुलाई मुलुकप्रति जिम्मेवार बनाउने कुरामा तपाईहरुको जिम्मेवारी छ । त्यसलाई राम्रो सँग पुरा गर्न सकोस् ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन प्रदेश कार्यालय पोखराका प्रमुख कोषहरि निरौलाले प्रदेश प्रमुख गुरुङलाई हस्तान्तरण गर्नुभएको छ । आ.व. २०७७÷७८ मा पोखरा कार्यालयमा ९ सय ३२ उजुरी परेकोमा ५ सय वटाको फछ्यौट भइसकेको र ४ सय ३२ वटा फछ्यौट हुन बाँकी रहेको निरौलाले जानकारी दिनुभयो ।

गण्डकीमा स्थानीय तह, संघीय मामिला, शिक्षा, भूमि व्यवस्था कार्यालयमा अन्य कार्यालय तुलनामा धेरै उजुरी परेको पाइएको छ । प्रदेशभर गत आ.व.मा ४ सय उजुरी परेकोमा तीमध्ये मुस्ताङमा सबैभन्दा कम ६ वटा उजुरी परेका छन् ।