१४ असार २०८३, आईतवार
,
Latest
सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायू परिवर्तन बारे रारा तालको किनारबाटअमेरिकी राजदूत बेरीको सन्देश



अ+ अ-

काठमाडौं । जलवायू परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर बारे जानकारी लिन र पर्यटन प्रबर्धनका लागि भन्दै तीन देशका राजदूतहरु हिमाली क्षेत्रको भ्रमणमा निस्केका छन् ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी , बेलायती राजदूत निकोला कथ्राइन पोलिट, तथा अस्ट्रेलियाली राजदूत  फेलिसिटी भल्क नेपालको प्रमुख एक पर्यटकीय स्थल रारा ताल पुग्नु भएको छ ।

अमेरिकी दुताबासका अनुसार उहाँ नेपालका बिभिन्न भागहरु घुम्न, जलवायु परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दाहरू र वातावरणमा पारेको असर लगायत जलवायु सम्बन्धी तुरून्तै गर्नुपर्ने कामहरू बारे जनचेतना जगाउन संयुक्त भ्रमण निस्कनु भएको हो । रारा ताल आसपास दोश्रो दिन बिताउनु भएका अमेरिकी राजदुत बेरीले जलबायू परिवर्तनको असरबारे आफ्नो अनूभुति राख्नु भएको छ ।

उहाँले लेख्नुभएको छ –

विश्वका विभिन्न देशका नेताहरूको सहभागितामा हालै भएको कोप२६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्याँस घटाऊने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त गरेको छ। अमेरिका, संयुक्त अधिराज्य, तथा अस्ट्रेलियाले पनि विश्वको तापक्रम १।५ डिग्री सेल्सियस भन्दा बढ्न नदिनेगरी विभिन्न कदमहरू चाल्ने प्रतिवद्धताहरू व्यक्त गरेका छन्, जुन कदमहरू संसारलाई अपूरणीय क्षतिबाट बचाउन महत्वपूर्ण हुनेछ। 

मसँगै आउनुभएका साथीहरू र म यो यात्रामा एकपटक मात्रै प्रयोग हुने प्लास्टिक प्रयोग नगर्ने, फोहोरमैला घटाऊने र शाकाहारी भोजन मात्रै गर्ने कुरामा प्रतिवद्ध छौं। कहिलेकाहीं म झसङ्ग भएर सोच्ने गर्छु (( हामीले साँच्चै केही गर्न सकिएला तरु सँगै के एउटा मात्रै देशको ग्रीनहाउस ग्याँस घटाऊने प्रतिवद्धताले खासै ठुलो फरक पर्ला त? मलाई लाग्छ यी दुईवटै प्रश्नको उत्तर सकिंदैन हुन्छ होला। कम्तीमा अहिलेको समय जहाँ हामी जलवायु परिवर्तनको यो मोडमा आइपुगेका छौं, मा त पक्कै नकारात्मक उत्तर होला।

तर हामी सवै यो पृथ्वी नामको घरमा सँगै बस्छौं, र यो घर साह्रै गजबको र दर्शनीय छ। त्यसैले हाम्रा प्रयासहरू पनि दुवै तहमा हुनुपर्‍यो, हाम्रो दैनिक जीवनमा एक व्यक्तिको रूपमा तथा विश्वस्तरमा देशको रूपमा। 

त्यसैले अबदेखि म प्लास्टिकका बोतलहरू प्रयोग भएका पेय पदार्थहरू प्रयोग गर्नेछैन, मलाई विश्वास छ कि हामीले गर्ने सक्दो प्रयास जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न महत्वपूर्ण छ।