१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

‘ट्रोसा’ परियोजना समुदायमा हस्तान्तरण

‘ट्रोसा’ परियोजना समुदायमा हस्तान्तरण
अ अ+ अ-

सुदूरपश्चिम । महाकाली नदी किनारका समुदायमा लागू गरिएको दक्षिण एशियाली सीमा नदीको सामुदायिक सदुपयोग, ‘ट्रोसा’ परियोजना स्थानीय सरकार तथा समुदायलाई हस्तान्तरण गरिएको छ । 

ट्रोसा परियोजना सम्बन्धमा धनगढीमा आयोजित दुईदिने कार्यशालामा सहभागी स्थानीय सरकारका प्रमुख तथा समुदायका प्रतिनिधिलाई परियोजना हस्तान्तरण गरिएको हो । कार्यशालामा सहभागी सरोकारवालाले परियोजनालाई आगामी दिनमा पनि निरन्तरता दिन चारबुँदे प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । 

दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्ला हुँदै बग्ने महाकाली नदी किनारमा बस्ने समुदायमा यो परियोजना पाँच वर्षअघिदेखि कार्यान्वयनमा ल्याइएको थियो ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं ग्रामीण महिला विकास तथा एकता केन्द्र ९रुडुक०का संस्थापक डा आरजु राणा देउवाले सीमा नदी महाकालीमा आयोग बनाएर काम गर्न जरुरी रहेको सुझाव दिनुभयो । 

उहाँले पाँच वर्षसम्म महाकाली नदी किनारमा बसोबास गर्ने समुदायका निम्ति काम गर्दा यहाँका स्थानीयमा उपलब्धि देखिएको धारणा गर्नुभयो । 

केन्द्रीय सदस्य डा देउवाले बाढी डुबानको सम्भावित जोखिमबाट नदी तटीय क्षेत्रका समुदायलाई जोगाउन तथा पानीसम्बन्धी अधिकार र विपद्का विषयमा यो प्रणालीले समयमै सूचना दिने भएकाले यसबाट मानवीय क्षति न्यूनीकरण गर्न समेत सहयोग पुगेको बताउनुभयो ।  

परियोजनाका राष्ट्रिय निर्देशक कृष्णकुमाल श्रेष्ठले परियोजनले सञ्चालन गरेका गतिविधिमार्फत नदी किनारमा बसोबास गर्ने समुदाय पानीमाथिको आफ्नो हकहित कसरी स्थापित गर्ने भन्ने विषयमा काम गर्न जागरुक भएको देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “परियोजना लागू भएसँगै नदी किनारका समुदायले नदीको पानीको प्रदूषणबारे थाहा पाएका मात्र नभई घरपरिवारमा ‘एक घर, एक धारा’ जडान गर्नसमेत सफल भएका छौँ ।”

यस्तै समुदायका महिलालाई सशक्तीकरण गरी सक्षम बनाउने प्रयास गरिएको छ । महाकाली नदीमा वर्षेनी हुने बाढी डुबानका कारण हुने क्षति न्यूनीकरण गर्नमा समेत परियोजनामार्फत काम भएको छ । यसका लागि डडेलधुराको रङ्गुनमा रहेको महाकाली नदी भागमा पूर्वसूचना प्रणाली स्थापना गरिएको छ । 

नदीका कतिपय भागमा ‘र्‍याफ्टिङ’ जलयात्रासमेत सञ्चालन गर्ने गरिएको छ । जलयात्राका माध्यमबाट पर्यटन प्रवद्र्धनलाई कसरी जोड्ने भन्ने विषयमा समेत सम्बन्धित पक्षसँग छलफल गरिएको पनि सो कार्यक्रममा जानकारी दिइएको थियो । यो परियोजनाले नेपालबाहेक भारत, वर्मा र बङ्गलादेशमा समेत काम गरिरहेको बताइएको छ । 

कार्यशालामा सरोकारवालाबीच परियोजनाका उपलब्धिको समीक्षासमेत भएको थियो । रुडुक, निड्स सिआरडिएस, अक्सफामलगायतका गैरसरकारी सङ्घसंस्थाको सहयोगमा यो परियोजना सञ्चालनमा थियो ।