१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस हुनुभएको छ ।गृहमन्त्रालयको बढुवा सिफारिस समितिका अनुसार जनपद प्रहरी समूहतर्फका उहाँहरुलाई सोमबारको निर्णय अनुसार बढुवाका लागि सिफारिस गरिएको हो । गृहसचिवका नेतृत्वमा सिफारिस समिति रहेको हुन्छ । 

एसएसपीमा बढुवा सिफारिस हुने प्रहरी अधिकृतमा काठमाडौँ उपत्यका प्रहरी शिक्षालयका विकासराज खनाल, प्रदेश नं १ प्रहरी कार्यालयका सुदिप राजभण्डारी, मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विबेदी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका राजेन्द्रसिंह खड्का हुनुहुन्छ । 

यस्तै लुम्बिनी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गणका योगबहादुर पाल, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका टीकाबहादुर केसी, प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालका ध्रुवराज राउत र काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गणका भोलाबहादुर रावलको पनि एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । रासस