६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राउतले गरे प्रदेश २ का मन्त्री रायलाई बर्खास्त



अ+ अ-

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन् । 

मुख्यमन्त्री राउतले नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सहभागी गराउन उनलाई बर्खास्त गरेका हुन् ।

यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गरेपनि रायले मानेका थिएनन् ।

मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेको  प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ।

एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिने सहमति भइसकेको छ भने उसले अर्को एक मन्त्रालय पनि पाउनेछ ।