• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही ★   देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा

मोबाइलमा बिदेशी नम्बरबाट मिस्ड कल आउनुको यस्तो छ कारण



काठमाडौं । विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल व्याक गर्दा कोही नबोल्ने तर मेसिनले जवाफ फर्काउने समस्या देखिएपछि नेपाल टेलिकमले यसको खोजी गरेको छ ।

कतिपय ग्राहकको मोबाइलमा मिस्ड कल देखिने र कल ब्याक गर्दा केही नबोले पनि पैसा भने काटिने गरेका गुनासो आएपछि नेपाल टेलिकमले यसको खोजी गरेको हो ।

टेलिकमले यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने तर्फ सचेत गराएको छ । टेलिकमले आफ्नो मोबाइल सेटमा यस्ता समस्या देखिएमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन पनि ग्राहकहरुलाई अनुरोध गरेको छ ।

सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरू नहुने भएता पनि कम्पनीका ग्राहकवर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइट मार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक खोजी भइरहेको पनि टेलिकमले जनाएको छ ।

त्यसैगरी, केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको टेलिकमले जनाएको छ ।

साथै, अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि ग्राहकहरुलाई सतर्क रहन टेलिकमले आग्रह गरेको छ । टेलिकमले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न पनि टेलिकमले आग्रह गरेको छ ।