१४ असार २०८३, आईतवार
,
Latest
अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको समस्या समाधान गर्न आग्रह



अ+ अ-

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले न्यायपालिकाको गरिमा र जनताको न्याय पाउने हकको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा देखिएका समस्या समाधान गर्न आग्रह गरेको छ । 

इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा आज जारी प्र्रेस विज्ञप्तिमा नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवं जवाफदेही शासनको अपेक्षामा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने हुँदा न्यायालयको अन्योलता अन्त्य गर्न माग गरिएको छ । 

“न्यायिक सम्पादनमा भइरहेको ढिलाइले आम नागरिकको अधिकार कुण्ठित हुँदा  समस्याको समयमा नै समाधान गर्न सरोकारवालालाई आग्रह गर्छौँ”, विज्ञप्तिमा उल्लेख छ, “न्यायपालिकाले गर्ने न्याय सम्पादनका कार्य नियमितरुपमा सञ्चालन नभएकाले जनताको समयमै न्याय प्राप्त गर्ने आधारभूत अधिकार उल्लङ्घन भएको अहिले सर्वोच्चमा चलेको घटनाक्रमले देखाएको छ, भविष्यमा यस्तो समस्या नआउने सुनिश्चितताका लागि नीति, कानून र संरचनागत सुधारका कार्यमा ध्यान केन्द्रित गर्न माग गर्दर्छौं ।”