१४ असार २०८३, आईतवार
,
Latest
अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन विकास र समृद्धि’



अ+ अ-

झापा । दशौँ राष्ट्रिय कर दिवसका अवसरमा बिर्तामोडमा आज प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ  । आन्तरिक राजस्व कार्यालय र बिर्तामोड उद्योग वाणिज्य सङ्घका संयुक्त आयोजनामा  आयोजित सो र्‍याली मुक्तिचोकबाट सुरु भई  बजार परिक्रमा गरेको थियो ।

प्रभातफेरि कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालयका प्रमुख, विभिन्न सङ्घसंस्था र विद्यार्थीको उपस्थिति रहेको थियो । यस वर्षको कर दिवसका मुख्य नारा ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन विकास र समृद्धि’ भन्ने रहेको छ ।  प्रभातफेरीमा सहभागीले ‘हाम्रो करबाट हाम्रै सेवा, राष्ट्रिय निर्माणमा बलियो टेवा, हाम्रो राजस्व हाम्रो धन, समृद्ध नेपाल सुखी जन, कर र करदाताको सही पहिचान, समृद्ध निर्माणमा सबैको योगदान’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

आजदेखि सुरु भएको कर दिवस कार्यक्रममा करदातालाई सम्मान, २ गतेदेखि ६ गतेसम्म जिल्लाका विभिन्न उद्योग वाणिज्य सङ्घको समन्वय र सहकार्यमा करदाता शिक्षा र सचेतनामूलक कार्यक्रम र ७ गते समापन गरिने जनाइएको छ । कार्यालयअन्तर्गत व्यावसायिक र व्यक्तिगत गरी एक लाख २०४ करदाता छन् । कार्यालयको चालु आर्थिक वर्ष २०७८/७९ मा रु तीन अर्ब ४० करोड ७४ लाख राजस्व असुलीको लक्ष्य छ ।

कर सप्ताह सुरु, उत्कृष्ट करदाता सम्मानित

दमौली– आन्तरिक राजस्व कार्यालय दमौलीमा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । दशौँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट करदाताका रूपमा डुम्रेस्थित सबैको लघुवित्त संस्थालाई सम्मान गरिएको हो । 

गत आर्थिक वर्षमा रु ३९ करोड नौ लाख कारोबार गरेको वित्तीय संस्थाको करयोग्य आयकर रु तीन करोड ९१ लाख रहेको थियो । उक्त संस्थाले त्यसअवधिमा रु एक करोड १७ लाख आयकर तिरेको थियो । विभिन्न मापदण्डका आधारमा उक्त संस्थालाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको प्रमुख कर अधिकृत डा नारायण ढकालले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रमुख कर अधिकृत ढकालले उक्त संस्थाका प्रतिनिधि केशव पौडेललाई दोसल्ला र प्रशंसापत्रले सम्मान गर्नुभयो । सोही अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी नासु विनिता रानाभाटलाई पनि सम्मान गरिएको छ । 

कार्यक्रममा प्रजिअ अर्यालले करको दर भन्दा करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले व्यवसायी र कर प्रशासनबीच नङ र मासुको सम्बन्ध रहेकाले व्यवसायीलाई निर्भिक रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व रहेको बताउनुभयो । चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कृष्ण आचार्यले व्यवसायीलाई करको दायरामा ल्याउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कर सप्ताहको अवसरमा कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । कर प्रशासन सुधारका लागि विभिन्न कार्ययोजना बनाइएको बताउँदै प्रमुख कर अधिकृत ढकालले करको परिपालना गर्नेको करको लागत घटाउने नीति लिइएको जानकारी दिनुभयो । आन्तरिक राजश्व कार्यालय गत आर्थिक वर्षमा रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजश्व सङ्कलन गरेको थियो । कार्यालयले उक्त आर्थिक वर्षमा रु आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । 

कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असुली गणना, लेखापरीक्षण र अनुसन्धानको काम गर्दै आएको छ । यद्यपि गत वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ । मनाङका करदाताले लमजुङबाट कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो । (रासस)