१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको विषयमा बोली राख्नु परेन: प्रचण्ड



अ+ अ-

जनकपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'  अदालतमा देखिएको समस्या अदालत भित्रैबाट छिटो समाधान होस् भन्ने चाहेको बताउनु भएको छ ।

महोत्तरीको कार्यक्रममा भाग लिन जाने क्रममा जनकपुर बिमानस्थलमा सञ्चारकर्मीहरु संग दाहालले भन्नुभयो 'अदालतभित्र देखिएको समस्या त्यही भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारूढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको छ त्यसैले अब उक्त विषयमा बढी बोली राख्नु आवश्यक छैन ।'

सर्वोच्च अदालतमा देखिएको समस्या एक/दुई दिनभित्रै समाधान हुने अनुमान गर्दे उहाँले भन्नुभयो 'हिजो त हामीले बोल्यौं नि त। हिजो पाँच दलीय गठबन्धनको जो समन्वय समिति छ। त्यसको बैठक बसेको थियो र त्यो बैठकले अदालतमा देखा परेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको, त्यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको र त्यसको निम्ति सबै पक्षले आ(आफ्नो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशा व्यक्त गरेको भनेर हामीले एउटा सन्तुलित वक्तव्य दिएका छौं।'