१४ असार २०८३, आईतवार
,
Latest
नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको विषयमा बोली राख्नु परेन: प्रचण्ड



अ+ अ-

जनकपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'  अदालतमा देखिएको समस्या अदालत भित्रैबाट छिटो समाधान होस् भन्ने चाहेको बताउनु भएको छ ।

महोत्तरीको कार्यक्रममा भाग लिन जाने क्रममा जनकपुर बिमानस्थलमा सञ्चारकर्मीहरु संग दाहालले भन्नुभयो 'अदालतभित्र देखिएको समस्या त्यही भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारूढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको छ त्यसैले अब उक्त विषयमा बढी बोली राख्नु आवश्यक छैन ।'

सर्वोच्च अदालतमा देखिएको समस्या एक/दुई दिनभित्रै समाधान हुने अनुमान गर्दे उहाँले भन्नुभयो 'हिजो त हामीले बोल्यौं नि त। हिजो पाँच दलीय गठबन्धनको जो समन्वय समिति छ। त्यसको बैठक बसेको थियो र त्यो बैठकले अदालतमा देखा परेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको, त्यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको र त्यसको निम्ति सबै पक्षले आ(आफ्नो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशा व्यक्त गरेको भनेर हामीले एउटा सन्तुलित वक्तव्य दिएका छौं।'