२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्ष/प्रतिपक्ष नभनी विश्वासको मत दिन मुख्यमन्त्री राईको आग्रह



अ+ अ-

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । 

प्रदेशसभामा बोल्दै राई पक्ष, प्रतिपक्ष नभनी आफूलाई विश्वासको मत दिन सबै प्रदेशसभा सदस्यहरुलाई आग्रह गरे ।

प्रदेशसभामा विश्वासको मत माग्दै उनले सबै दलसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको बताउँदै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । 

प्रदेश सरकार संविधानसम्मत ढंगले बनेको भन्दै मुख्यमन्त्री राईले प्रतिपक्षी दलले पनि समर्थन गर्नेमा आफू विश्वस्त रहेको बताए । 

सरकारमा सहभागी पाँच दलीय गठबन्धनमा ५० सांसद छन् ।  ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद रहेका छन् ।