१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्ष/प्रतिपक्ष नभनी विश्वासको मत दिन मुख्यमन्त्री राईको आग्रह



अ+ अ-

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । 

प्रदेशसभामा बोल्दै राई पक्ष, प्रतिपक्ष नभनी आफूलाई विश्वासको मत दिन सबै प्रदेशसभा सदस्यहरुलाई आग्रह गरे ।

प्रदेशसभामा विश्वासको मत माग्दै उनले सबै दलसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको बताउँदै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । 

प्रदेश सरकार संविधानसम्मत ढंगले बनेको भन्दै मुख्यमन्त्री राईले प्रतिपक्षी दलले पनि समर्थन गर्नेमा आफू विश्वस्त रहेको बताए । 

सरकारमा सहभागी पाँच दलीय गठबन्धनमा ५० सांसद छन् ।  ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद रहेका छन् ।