१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेमौसमी वर्षाले मोरङको अन्नबाली, फलफूल, तरकारीमा ठूलो क्षति



अ+ अ-

विराटनगरः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको त्रैमासिक प्रगति समीक्षा भएको छ । परियोजना कार्यान्वयन समन्वय एकाइ मोरङले ‘स्थानीयतहबाट सञ्चालित पकेट, ब्लक विकास कार्यक्रम’को समीक्षा गरेको हो ।

प्रत्येक स्थानीयतहमा सञ्चालित पकेट र ब्लकअन्तर्गत भएका काम र गर्न बाँकी रहेका कामका विषयमा जानकारी हासिल गर्ने उद्देश्यले आज आयोजित समीक्षा कार्यक्रममा बेमौसमी वर्षाले किसानले लगाएका धेरै अन्नबाली, फलफूल, तरकारीलाई नष्ट गरेको जानकारी गराइएको छ ।

स्थानीयतहमा ब्लक र पकेटअन्तर्गत आलु, मकै, धान, गहुँ, बङ्गुर, बाख्रापालनजस्ता विषयमा पालिकामा रहेका कृषि अधिकृत एवं कर्मचारी विनोद दाहाल, शुभनारायण यादव, पर्वत साह, प्रकाश अधिकारी, कृषि ज्ञान केन्द्र मोरङका नुनुलाल उराँवलगायतले भएका प्रगतिबारे जानकारी गराउनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशकुमार पोखरेलले ब्लक र पकेट कार्यविधिलाई पूर्णपालना गरी कार्यक्रमका लागि स्वीकृत बजेट समयमै खर्च गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन समन्वय एकाइका प्रमुख विनोद मण्डलले आजको कार्यक्रमले एकअर्कामा समन्वय गर्न, समस्या समाधान गर्न र काम जुट्न उत्साह बढेको कुरामा जोड दिनुभयो ।