२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिप्टोकरेन्सीले युवालाई बर्बाद गर्दैछः मोदी



अ+ अ-

नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिट्क्वाइन जस्ता क्रिप्टोकरेन्सीले युवा पुस्तालाई नराम्रोसँग जोखिममा पार्न लागेको बताउनु भएको छ ।

साइबर सुरक्षा सम्बन्धी अनलाइन सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले क्रिप्टोकरेन्सीलाई नियमन गर्न भारत सरकारले चाँडै कडा कानुन तर्जुमा गरिरहेको बताउनुभयो ।

भारतमा पछिल्लो समय भर्चुअल मुद्राका रुपमा बिट्क्वाइन निकै लोकप्रिय हुन थालेको छ । भारतको राज्य एवं केन्द्रीय बैंकको रेखदेख र नियन्त्रण भन्दा बाहिर गएर बिट्क्वाइनको कारोबार भइरहेकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने अवस्था रहेको मोदीको भनाई छ ।

अस्ट्रेलियाली रणनीतिक नीति इन्स्टिच्यूटले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री मोदीले सबै लोकतान्त्रिक मुलुकहरुले यसलाई नियन्त्रण गर्न मिलेर कार्य गर्नुपर्ने खाँचो देखिएको समेत बताउनुभयो । उहाँले खराब व्यक्तिको हातमा क्रिप्टोकरेन्सी पर्न नदिन र युवाको जीवन बर्बाद बनाउनबाट रोक्न पनि सरकारहरुले तत्कालै काम गर्नुपर्ने बताउनुभयो ।

क्रिप्टोकरेन्सीका माध्यमबाट लागूपदार्थका तस्कर, मानव तस्कर र सम्पत्तिको गैरकानुनी ओसारपसार हुने खतरा बढेको यस क्षेत्रका विज्ञहरुले आरोप लगाइ आएका छन् ।

विश्वका धेरै मुलुकमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाइएको छ । भारतले सन् २०१८ देखि नै क्रिप्टोको कारोबारमाथि प्रतिबन्ध लगाएको थियो । तर दुई वर्षपछि भारतकै माथिल्लो अदालतले प्रतिबन्ध फुकुवा गरिदिएको थियो । अदालतको आदेश लगत्तै क्रिप्टोको कारोबार भारतमा मौलाएको छ, र यसमा ठूलो संख्यामा भारतीय युवा संलग्न रहेको अध्ययनहरुले देखाएका छन् ।

ब्रोकरचुजरले गरेको अध्ययनमा भारतमा १० करोड भन्दा बढी व्यक्ति भर्चुअल मुद्राको कारोबारमा संलग्न रहेको देखाएका छन् । संयुक्त राज्य अमेरिका, रसिया र नाइजेरिया पछि भारतीयहरु यसमा बढी आबद्ध भएका छन् ।

क्रिप्टोको कारोबारमाथि फेरि प्रतिबन्ध लगाउन अहिले भारत सरकारमाथि चर्को दबाब बढेको छ । त्यही कारण भारत सरकारले यसै वर्षको अन्त्यतिर नयाँ कडा कानुन ल्याउने र संसदबाट पारित गर्ने तयारीमा जुटेको छ ।

भारतको केन्द्रीय बैंकका प्रमुख शक्तिकान्त दास पनि क्रिप्टोको कारोबारलाई कडा नियमन गर्नुपर्नेमा सहमत हुनुहुन्छ । गत साता उहाँले नियमन नगर्ने हो भने क्रिप्टो मुद्राले देशको वित्तीय प्रणालीमाथि खतरा निम्त्याउने चेतावनी दिनु भएको थियो ।

बैंकले आफ्नै आधिकारिक डिजिटल मुद्रा प्रचलनमा ल्याउने योजना बनाइरहेको बताएको छ ।  एएफपी