१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले जनकपुरधामको विकासका लागि एक सय करोड छिटै उपलब्ध गराउने



अ+ अ-

धनुषा । भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गर्नुभएको रु एक सय करोड छिट्टै उपलब्ध हुने बताउनुभएको छ ।

धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुग्नु भएका उहाँले सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै प्रधानमन्त्रीको घोषणाबमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाउनुभएको हो ।

प्रवक्ता शास्त्रीले रामायण सर्किट रेल्वे योजनामा जनकपुरधाम पनि रहेको उल्लेख गर्नुभयो । पूजाअर्चनाका लागि जानकी मन्दिर पुग्नुभएका शास्त्रीलाई मन्दिरका महन्थ रामतपेश्वर दासले गाई तस्करी रोक्न सुझाव दिनुभएको थियो । 

उहाँले भन्नुभयो, “नेपालमा गौ हत्या भइरहेको छैन तर भारतमा चार-चार शङ्काराचार्य भएर पनि गौ हत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो सन्देश प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुर्‍याइदिनुस् ।”प्रवक्ता शास्त्रीले जनकपुरधाम उपमहानगरपालिका–७ स्थित सवरी कुटीमा दलित समुदायका अगुवा नेताका साथै अन्य राजनीतिक दलका नेतासँग पनि भेटघाट गर्नुभएको थियो । रासस