१४ असार २०८३, आईतवार
,
Latest
नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले जनकपुरधामको विकासका लागि एक सय करोड छिटै उपलब्ध गराउने



अ+ अ-

धनुषा । भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गर्नुभएको रु एक सय करोड छिट्टै उपलब्ध हुने बताउनुभएको छ ।

धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुग्नु भएका उहाँले सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै प्रधानमन्त्रीको घोषणाबमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाउनुभएको हो ।

प्रवक्ता शास्त्रीले रामायण सर्किट रेल्वे योजनामा जनकपुरधाम पनि रहेको उल्लेख गर्नुभयो । पूजाअर्चनाका लागि जानकी मन्दिर पुग्नुभएका शास्त्रीलाई मन्दिरका महन्थ रामतपेश्वर दासले गाई तस्करी रोक्न सुझाव दिनुभएको थियो । 

उहाँले भन्नुभयो, “नेपालमा गौ हत्या भइरहेको छैन तर भारतमा चार-चार शङ्काराचार्य भएर पनि गौ हत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो सन्देश प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुर्‍याइदिनुस् ।”प्रवक्ता शास्त्रीले जनकपुरधाम उपमहानगरपालिका–७ स्थित सवरी कुटीमा दलित समुदायका अगुवा नेताका साथै अन्य राजनीतिक दलका नेतासँग पनि भेटघाट गर्नुभएको थियो । रासस