५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश प्रमुख शर्माद्वारा शुभकामना



अ+ अ-

बागमती । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नारासहित विश्वभर मनाइँदै गरिएको महिला दिवसका अवसरमा उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । आज यहाँ जारी शुभकामना सन्देशमा प्रदेश प्रमुख शर्माले भन्नुभएको छ, “नेपालको संविधानले समेत मौलिक हकको धारा ३८ मा महिलामाथि हुने अत्याचार, शोषण, दमन र हिंसाजस्ता लैङ्गिक विभेद र अमानवीय व्यवहार अन्त्य गरी पुरुष र नारीबीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको छ । संविधानमा महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था छ । यस्तै संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुँच पु¥याउनेजस्ता विषय महिला हित पक्षमा छन् ।”

यस्तै बागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङले पनि ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका नेपाली नारीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।  

उहाँले लामो कालखण्डसम्म रहेको पितृसत्तात्मक सोच र संरचनाका कारण नयाँ नीति र कानुनको कार्यन्वयनमा जटिलता कायमै रहेको जनाउँदै ती जटिलताको निराकरण, सोच र जीवन व्यवहारमा परिवर्तनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।