६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश प्रमुख शर्माद्वारा शुभकामना



अ+ अ-

बागमती । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नारासहित विश्वभर मनाइँदै गरिएको महिला दिवसका अवसरमा उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । आज यहाँ जारी शुभकामना सन्देशमा प्रदेश प्रमुख शर्माले भन्नुभएको छ, “नेपालको संविधानले समेत मौलिक हकको धारा ३८ मा महिलामाथि हुने अत्याचार, शोषण, दमन र हिंसाजस्ता लैङ्गिक विभेद र अमानवीय व्यवहार अन्त्य गरी पुरुष र नारीबीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको छ । संविधानमा महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था छ । यस्तै संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुँच पु¥याउनेजस्ता विषय महिला हित पक्षमा छन् ।”

यस्तै बागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङले पनि ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका नेपाली नारीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।  

उहाँले लामो कालखण्डसम्म रहेको पितृसत्तात्मक सोच र संरचनाका कारण नयाँ नीति र कानुनको कार्यन्वयनमा जटिलता कायमै रहेको जनाउँदै ती जटिलताको निराकरण, सोच र जीवन व्यवहारमा परिवर्तनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।