३ भाद्र २०८३, बुधबार
,
Latest
देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानको राजधानीमा दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहार



अ+ अ-

खार्तुम । सुडानी सुरक्षा बलले बिहीबार बिहान राजधानी खार्तुममा ब्यारिकेडहरू लगाएका दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

उत्तरी खार्तूममा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ जहाँ प्रदर्शनकारीहरूले रातभरि विरोध प्रदर्शन जारी राखेका थिए।

गत महिना सेनाले कब्जामा लिएपछि कू विरोधी बुधबारको प्रदर्शनी सबैभन्दा घातक र आक्रामक देखिएको बताइएको छ।

चिकित्सकहरूले  जनाएअनुसार बुधबारको प्रदर्शनमा कम्तीमा १५ जना प्रदर्शनकारीको मृत्यु भएको  र तीमध्ये अधिकांश उत्तरी खार्तुममा थिए । (रासस-एएफपी)