६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने

भक्तपुरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

भक्तपुरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने
अ+ अ-

भक्तपुर । भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घलेप्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । सङ्घले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । 

सङ्घका अध्यक्ष राजेन्द्र प्रजापतिका अनुसार यही चैत ९ देखि १२ गतेसम्म भक्तपुरको लीलालीमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा ७७ जिल्ला र सातवटै प्रदेशका २०० भन्दा बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा यू–१५ पुरुष र महिला, पुरुष र महिला एकल, पुरुष डबल्सलगायत ६ विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिता संयोजक नवीन प्रजापतिका अनुसार यू–१५ पुरुष र महिलातर्फ प्रथमलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीयलाई रु सात हजार ५००, पुरुष र महिला एकलतर्फ प्रथमलाई रु ३५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १२ हजार ५०० तथा पुरुष डबल्सतर्फ प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु १५ हजार र तृतीयलाई रु सात हजार ५०० पुरस्कार प्रदान गरिनेछ ।