१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जीको उत्पादन बढाउनुपर्छ- वन मन्त्रालय



अ+ अ-

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी (स्वच्छ उर्जा) को उत्पादन बढाउनु पर्ने बताउनु भएको छ ।  बिहीवार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी बढाउनु पर्ने बताउनु भएको हो ।

उहाँले क्लिन इनर्जीले नै जलवायु परिवर्तको प्रकोपलाई घटाउन र हटाउन मद्दत गर्ने भन्दै अब चुला चौकामा विद्युतीय सामग्री प्रयोग गर्नुपर्ने बताउनु भयो । सचिव कँडेलले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुले पनि धेरै असर गरेको बताउँदै त्यसलाई पनि विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्दै लैजानु पर्ने बताउनु भयो । उहाँले विद्युतीय सवारीसाधन सञ्चालनका लागि कोप २६ को बैठकमा १९ अर्ब अमेरिकी डलर दिने प्रतिवद्धता भइसकेको बताउनु भयो ।

सचिव कँडेलले भन्नुभयो, ‘पहिलो विषय नेपालले एकदमै कम इमिशन गर्छ, पेट्रोलियम पदार्थको कारण बढेको जलवायु परिवर्तको प्रकोपलाई न्यूनिकरण गर्न नेपालको सबैभन्दा ठूलो कुरा क्लिन इनर्जी हो, सबै चिजलाई क्लिन इनर्जीले रुपान्तरण गर्छ, त्यसलाई घटाउन, हटाउन सहयोग गर्दछ, चुलाचौकामा इलेक्ट्रिसिटी लैजान्छौं, इण्डस्ट्रीमा पनि अहिले भएका पद्धतिलाई रुपान्तरण गर्छौं, भेकललाई इ।भेकलको रुपमा ट्रान्सफर्म गर्छौं,इलेक्ट्रिक भेकलको लागि १९ बिलियन यूएस डलर दिने प्रतिवद्धता भएको छ, तीन देशमा नेपाल पनि परेको छ, घोषणा भएको छ, क्लिन इनर्जीलाई प्रयोग गरेर जान्छौँ ।’

सचिव कँडेलले जलवायु परिवर्तको प्रकोपलाई कम गर्न प्रविधि र क्लिन इनर्जीलाई बिस्तार गर्न मेहनत गर्नुपर्ने बताउनु भयो । नेपालले पेरिस सम्झौताअनुसार जलवायुजन्य प्रकोपलाई कम गर्न सम्पूर्ण प्रतिवद्धताअनुरुप काम गरेको बताउँदै सचिव कँडेलले नेपाल प्रतिवद्धताअनुरुप काम गर्ने पहिलो देश बनेको पनि बताउनु भयो ।