६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाको माडीमा बस दुर्घटना ४यात्रुको मृत्यु , १७ घाईते



अ+ अ-

काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ जलजलामा यात्रुबहाक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस बिहीबार बेलुका पौने ६ बजे शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा दुर्घटना भएको थियो ।

बस सडकबाट १०० फिट जति तल  खसेको जिल्ला प्रहरी  कार्यलय रोल्पाले जनाएको छ । दुर्घटनामा १७ जना घाईते भएका छन् ।