१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा गुरु नानक जयन्तीको शुभकामना



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सिख धर्मावलम्बीकोे विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

गुरु नानक जयन्तीका अवसरमा उहाँले शुभकामना सन्देश जारी गरी सिख धर्मावलम्बीले पवित्रस्थल ‘गुरुद्वारा’मा पूजाअर्चाना, भजनकीर्तनका साथ विभिन्न धार्मिक र सामाजिक कार्य गरी मनाइने यस जयन्तीले नेपाली समुदायमा धार्मिक सहिष्णुता कायम गर्दै आपसी सद्भाव र भाइचारा बढाउनेतर्फ प्रोत्साहन मिल्ने उल्लेख गर्नुभएको छ । उहाँले गुरु नानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले समाजमा देखिने विविध प्रकारका विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने सरकारको प्रयासमा थप बल पु¥याउन गुरुनानक जयन्तीले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गर्नुभएको छ । रासस