१५ आश्विन २०८१, मंगलवार
,
Latest
जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले भने – रामदेव त आधुनिक र क्रान्तिकारी हुनुहुँदो रहेछ



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योग गुरु रामदेव परम्परावादी नभएर आफूजस्तै क्रान्तिकारी रहेको बताएका छन् ।

पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

उनले भन ‘बाबा रामदेव नभेट्दा रुढीवादी, अलि परम्परावादी हुनुहुन्छ होला भन्ने थियो। भेटेर छलफल गर्दै जाँदा, कुराकानी गर्दै जाँदा वैज्ञानिक हुनुहुँदो रहेछ। मजस्तै क्रान्तिकारी हुनुहुँदो रहेछ। योगलाई नयाँ क्रान्ति बनाउनुभयो। योगका माध्यमबाट समाजलाई निरोगीतिर लैजाने नेतृत्व गर्नुभयो। उत्पादन वृद्धिको महाभियान सञ्चालन गर्न थाल्नुभयो।’ 

पूरै समाजलाई निरोगितातिर लैजाने अभियानको नेतृत्व गरेको र आरोग्यताबाट उद्योग सञ्चालनतर्फ उत्पादन वृद्धिको अभियान सञ्चालन गरेको भन्दै उनले खुशी व्यक्त गरे ।

योग गुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार भारतबाट नेपाल आउने वित्तिकै खुमलटारस्थित निवासमा पुगेर प्रचण्ड दम्पत्तिलाई भेटेका थिए ।