१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरजग्गाको वार्षिक मुद्रास्फिती २६ प्रतिशत, हरेक वर्ष घरजग्गा महगिएको निष्कर्ष



अ+ अ-

काठमाडौंः नेपाल राष्ट्र बैंकले पहिलो पटक सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदनले घरजग्गाको कारोबारमा २६ प्रतिशतको हाराहारीमा मूल्यवृद्धि हुने गरेको निष्कर्ष निकालेको छ ।

बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनमा वाणिज्य बैंकहरुबाट प्राप्त तथ्याँकको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फिती मालपोत कार्यालयबाट प्राप्त तथ्याँकभन्दा झण्डै ७ प्रतिशत बढी रहेको देखिएको छ ।

सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको छ भने मालपोत कार्यालयहरूबाट प्राप्त तथ्याङ्कका आधारमा यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको छ ।

बैंकले भनेको छ, आर्थिक वर्ष २०७७/७८ को प्रथम नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ प्रतिशत र १२.५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को प्रथम नौ महिनामा घरजग्गाको कारोवारमा केही शिथिलता आएकोले घरजग्गा मुद्रास्फीति केही कम रहेको छ ।

मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत  विवेकशील  (Macroprudential) नियमन तर्जुमाको लागि समेत घरजग्गा (Real Estate) मूल्य सूचकाङ्क महत्वपूर्ण हुने देखिएको हुँदा यसको निर्माण हुनु आवश्यक रहेको छ । तसर्थ, घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी यो प्रतिवेदन तयार गरिएको बैंकले जनाएको छ ।  

घरजग्गा मूल्य सूचकाङ्क प्रकाशन गर्ने सन्दर्भमा कतिपय देशहरूमा घरजग्गाको मूल्य सूचकाङ्क तयार गर्ने गरिएको पाइएको छ भने कतिपय देशमा घर (Housing) को मात्र मूल्य सूचकाङ्क निकाल्ने गरेको पाइएको छ । त्यसैगरी, यस्तो सूचकाङ्क निकाल्ने विधिहरूमा पनि भिन्नता रहने गरेको छ ।

घरजग्गा मूल्य सूचकाङ्क तयारी गर्नका लागि प्रत्येक प्रदेशबाट भौगोलिकता, कारोवारको  सघनता र तथ्याङ्क उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका  २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्याङ्क स्रोत केन्द्रहरूबाट  तथ्याङ्क सङ्कलन गरिएको छ, बैंकले जनाएको छ ।

सर्वेक्षणले निर्धारण गरेका तथ्याङ्ग स्रोत केन्द्रभित्र घरजग्गाको सबैभन्दा धेरै कारोवार हुने नगरपालिका/उपमहानगरपालिका/ महानगरपालिकाका सबैभन्दा धेरै कारोवार हुने २ वटा  वडालाई सर्वेक्षण स्थल मानी सो स्थानका सम्बन्धित मालपोत कार्यालयहरूबाट जग्गा र  घरजग्गाको रजिष्ट्रेसन कारोवारको आधारमा घरजग्गा मूल्य तथ्याङ्क सङ्कलन गरिएको छ ।

त्यस्तैगरी, वाणिज्य बैंकहरूको बढी कारोबार तथा शाखा सञ्जालको विस्तारको आधारमा ६ वटा वाणिज्य बैंकहरू छनोट गरी मालपोत कार्यालयकै कारोवारबाट निर्धारित स्रोत  केन्द्रका सर्वेक्षण स्थलहरूमा कर्जा प्रवाह गर्दा सम्बन्धित बैंकहरूले सूचीकृत गरेका  मूल्याङ्कनकर्ताबाट हुने धितो (जग्गा र घरजग्गा) को बजार मूल्याङ्कनको आधारमा घरजग्गा
मूल्य तथ्याङ्क सङ्कलन गरिएको छ ।

घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि भाराङ्क निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को  घरजग्गा रजिष्ट्रेशनको कुल कारोवार सङ्ख्यालाई आधार मानी भार निर्धारण गरिएको छ । उक्त भाराङ्कलाई जिल्लागत, प्रदेशगत एवम् राष्ट्रिय स्तरमा समेत निधारण गरिएको छ ।  राष्ट्रिय स्तरमा जग्गा मात्रको भाराङ्क ७६.६७ प्रतिशत र घर–जग्गाको भाराङ्क २३.३३ प्रतिशत रहेको छ ।

निर्धारित स्थानहरूमा स्थलगत सर्वेक्षण र अनलाइन सर्वेक्षणमार्फत तथ्याङ्क सङ्कलन  गरिएको छ । स्थलगत सर्वेक्षण गर्दा सम्बन्धित नगरपालिका÷उपमहानगरपालिका÷ महानगरपालिकाको कारोबारको विवरण हेरी अधिकतम कारोबार हुने २ वटा वडा छनोट गरिएको छ । उक्त वडाको कारोबारको विवरणलाई सूचीकरण गरी उक्त सूचीबाट  विधिबाट कुल कारोबार सङ्ख्याको १० प्रतिशतले हुने नमूना छनोट गरी ती नमूनाहरूको विस्तृत विवरण (रजिस्ट्रेशन नं., कित्ता नं., नक्सा नं., घर भए÷नभएको, क्षेत्रफल तथा थैली कारोबार रकम आदि) सङ्कलन गरिएको छ ।

मालपोत कार्यालयको तथ्याङ्कमा आधारित घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि तोकिएका २० वटा मालपोत कार्यालयहरूको स्थलगत तथा अनलाइन सर्वेक्षणको आधारमा १०३३६ वटा नमूना कायम गरिएको छ । त्यस्तै, ६ वटा बैंकबाट प्राप्त कुल २४७६ वटा कारोवारलाई नमूनामा समावेश गरिएको छ । २०७५ साउन १ गतेदेखि २०७५ पुस मसान्तसम्ममा घरजग्गाको धितोमा प्रवाह भएको कर्जाको वडा अनुसारको कर्जा विवरण खुल्ने गरी तथ्याङ्क झिकाई सूची बनाएर विश्लेषण गरिएको बैंकले जनाएको छ ।