१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले बाढी, पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ ।

मंगलवार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँले नेपाली काँग्रेस संसदीय दलको बैठकले गत अविरल वर्षाको कारण गएको बाढी, पहिरोमा परेर ज्यान गुमाउनेहरुप्रति दु:ख व्यक्त गरेको बताउनु भयो । उहाँले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजि गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले अहिले पनि मानिसहरु उद्धारको प्रतिक्षा गरिरहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेको बताउनु भयो । उहाँले प्राकृतिक प्रकोपको कारणबाट विपी राजमार्ग,सडक,पुलहरु भत्किएको भन्दै खोजि, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको बताउनु भयो ।

उहाँले दशैँ—तिहार जस्ता चाडपर्वहरु नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको बताउनु भयो । उहाँले बाढी पहिरोले क्षति भएका विभिन्न भौतिक संरचनाहरु खानेपानी, विद्यालय, विद्युत लगायत संरचना तत्काल निर्माण गरी सेवा सुचारु गर्न पनि माग गरिएको बताउनु भयो । उहाँले विपद्मा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले हवाई र सवारी साधनको भाडादरलाई सरकारले नियन्त्रण गरी साविककै भाडादरलाई कायम गरी यात्रा गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाली काँग्रेस संसदीय दलको बैठकले सात निर्णय गरेको छ । गत असोज १२ र १३ गते अविरल वर्षाको कारण गएको बाढी पहिरोले धेरै धनजनको क्षति भएको छ । बाढी पहिरोमा ज्यान गुमाउनेहरु प्रति दु:ख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेका छौं । बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजी गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेका छौं । अहिले पनि कतिपय मानिसहरु उद्धारको प्रतिक्षामा छन् । सडक बाटोमा फसेका मानिसहरु तत्काल नेपाल सरकारले उद्धार गरोस् । प्राकृतिक प्रकोपको कारणबाट साना ठूला धेरै सडकहरु अवरुद्ध भएका छन् । विपी राजमार्ग,सडक पुलहरु भत्किएको छ । पूर्वको लाइफलाइन बन्द भएको छ । खोजी उद्धार र राहत पछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुपता देखाउनुपर्छ । सरकारले सडक सुचारु गर्न तिब्रता दिओस् । दशैं तिहार जस्ता चाडपर्वहरु छन् । बाटो खुलाउन अग्रसर हुन आग्रह छ । विभिन्न भौतिक संरचनाहरु खानेपानी,विद्यालय,विद्युत लगायत भत्किएका छन् ।’

‘ती संरचना तत्काल निर्माण गरेर सेवा सुचारु गर्न माग गरेका छौँ । विपद्मा बजारमा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहन्छन् । सरकारले अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्ने र यातायातको भाडादरहरुलाई नियन्त्रण गर्ने र साविककै भाडादरलाई कायम राखेर सडक र हवाई यातायात सेवा दिन सरकारले वातावरण बनाउन माग गरेका छौं । विपद् व्यवस्थापनको लागि नेपाली काँग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपत व्यवस्थापनको लागि प्रदान गर्ने भन्ने निर्णय संसदीय दले पास गरेको छ । इजरायल र लेभलान युद्धमा नेपालीहरुको जोखिमको अवस्थाका रहेको बुझीएको छ । नेपालीहरुको सुरक्षा र नेपाल आउनेहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउन सरकारसँग माग गरेका छौं । नदी कटान र बाली नष्टको क्षतिपूर्तिको लागि सरकारसँग माग गर्ने निर्णय गरेका छौं ।’

उहाँले विपद् व्यवस्थापनको लागि नेपाली काँग्रेसका ९प्रतिनिधि सभा र राष्ट्रिय सभाका० सांसदहरुबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपद् व्यवस्थापनको लागि प्रदान गर्ने निर्णय संसदीय दलले पास गरेको बताउनु भयो । उहाँले इजरायल र लेवनान युद्धमा नेपालीहरुको जोखिमको अवस्थाका रहेको भन्दै नेपालीहरुको सुरक्षा र नेपाल आउनेहरुलाई सुरक्षित रुपमा ल्याउन सरकारसँग माग गरेको बताउनु भयो । उहाँले बाढी पहिरो,डुबान तथा नदी कटानको कारण खेती बालीमा भएको नोक्शानीमा सरकारले किसानलाई राहतको व्यवस्था गर्न माग गरेको बताउनु भयो ।