१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्ताका लागि प्रधानन्यायाधीशले नेपाल बारलाई पत्र पठाए



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एशोसिएसनलाई पत्र पठाएर वार्ताको आह्वान गरेका छन् ।

बारको सल्लाहकार समितिको बैठक शुरु हुनलाग्दा अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर जबराले वार्ताको आह्वान गरेका हुन् ।

श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको बताइएको छ । 

प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेको बताइएको छ ।