१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी विकास बैंकले पायो १०० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति



अ+ अ-

काठमाडौं : धितोपत्र बोर्डले नारायणी विकास बैंकलाई १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डबाट अनुमति पाएसँगै अब बैंकले १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गर्नेछ ।  

बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने सहमति भएको छ ।
 
बैंकले यसअघि  १ः२ अनुपातमा हकप्रद सेयरको लागि नेपाल राष्ट् बैंकसँग अनुमति मागेको थियो ।

यसअघि नारायणी विकास बैंकले गत माघ १३ गतेदेखि फागुन ३ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।