१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः संकटा र हिमालयनले बराबरी खेले



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत संकटा क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा शनिबार भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका थिए  ।

सुवास गुरुङको क्रसमा हिमालयनका गोलकिपर दीप कार्कीले बल समात्न नसक्दा बल फुस्काउन पुगेका थिए जसको सदुपयोग संकटाका रुचालले गरे ।  

यस्तै खेलको ६४ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । जीवन गुरुङको क्रसमा त्रिदेभले हेड मार्फत गोल गरेका हुन् ।