२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । 

पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो । बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो । 

आजै युवा सङ्घ नेपालले महाधिवेशनको प्रचारका लागि काठमाडौँमा मोटरसाइल र्याली गरेको छ । सङ्का अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट सुरु भएको र्याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको जानकारी दिनुभयो । 

महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनमा एक हजार १९९ प्रतिनिति सहभागी हुने अनुमान गरिएको छ ।