काठमाडौं । नेपाली कांग्रेसका सभापतिमा दुई आकांक्षी नेताहरु महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच शनिबार भेटवार्ता भएको छ ।
महामन्त्री कोइराला नेता सिंहलाई भेट्न उनको निवास चाक्सबारी पुगेका हुन् ।
दुई नेताबीच पार्टीको १४ औं महाधिवेशनमा मिलेर जाने विषयमा कुराकानी भएको बताइएको छ ।











