१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमालियास्थित साउदी अरबको दूतावास फेरि खुल्ने



अ+ अ-

एजेन्सी । साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास फेरि खुल्ला गर्ने शुक्रबार घोषणा गरेको छ । 

साउदी अरबका विदेश मन्त्रीले दूतावास पुनःसञ्चालन गर्ने बारेमा सोमालिया सरकारसँग मिलेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । 

सोमालियाको राजधानी मोगादिशुमा साउदी अरबको दूतावास पूनःखोलिने भएको हो । आपसी सहयोग र सम्वन्ध बढाउनुका साथै साझा चासो र दुई पक्षीय हितका बारेमा सहकार्य गर्न दूतावास पूनःखोल्ने निश्कर्षमा पुगिएको अधिकारीको भनाइ छ ।

दूतावास पुनःसञ्चालनमा ल्याउने र आपसी सम्वन्ध र सहकार्यलाई बढाउने बारेमा छलफल गर्न साउदी अरबको टोलीले गत जुनमा सोमालियाको भ्रमण गरेको थियो ।  

साउदी अरबले सन् १९९१ मा सोमालियामा रहेको आफ्नो दूतावास बन्द गरेको थियो । सोमालियामा त्यति बेला भएको आन्तरिक युद्धलाई कारण देखाउँदै साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गरेको थियो ।