१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छः राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताउनु भएको छ । 

राष्ट्रपति भण्डारीले नेपालको राजधानी काठमाडौंलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदुषण कम गरी स्वच्छ र सफा काठमाडौं बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग अति आवश्यक भएको स्पष्ट पार्नुभयो । शनिबार काठमाडौंको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरतको निम्ति, काठमाडौं उपत्यकालाई नमूनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराउनु भयो । राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा बढिरहेको प्रदुषणलाई कम गर्न इँटाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाहरुको उपयोग गर्न ढिलाई गर्न नहुनेमा जोड दिनु भयो । 

उहाँले सिमेन्ट उद्योगहरुमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताउनु भयो । राष्ट्रपति भण्डारीले त्यसका लागि नेपालमा स्रोतको कुनै कमी नभएको पनि उल्लेख गर्नुभयो । उहाँले बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैल्याउने काम गरिरहेको ज्ञानमाला भजन खलःले आफ्नो भवन पुनर्निर्माणमा पनि आफ्नै स्रोत र साधन प्रयोग गरेको उल्लेख गर्दै त्यसबाट सबैले सिकेर अघि बढन सके मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने अभियानमा ढिलाई नहुने बताउनु भयो । राष्ट्रपति भण्डारीले भन्नु भयो, ‘मुलुकमा विद्यमान परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने आवश्यक्ता छ । त्यसको निम्ति हामीसँग उपलब्ध जुन स्रोत छ । हामीले सुनिरहेका छौं–हाम्रो देशमा विस्तारै विद्युत उत्पादन बढिरहेको छ । 

तर हामीले त्यसको पर्याप्त प्रयोग गर्न सकिरहेका छैनौं । हामीसँग त्यो विद्युतको आन्तरिक खपत बढाउनका लागि पूर्वाधारका समस्याहरु छन । ती पूर्वाधारहरुलाई हामीले पूरा गर्ने हो भने हामीले जुन चुलिएको व्यापार घाटा छ, त्यो व्यापार घाटालाई कम गर्न सक्छौं । र हाम्रो आन्तरिक आर्थिक वृद्धि पनि धेरै गर्न सक्छौं । जस्तो उपत्यकामा अहिले थुप्रै ईँटाभट्टाहरु छन । त्यसले धेरै प्रदुषण भईरहेको छ । त्यो प्रदुषणलाई कम गर्न किन विद्युतको प्रयोग नगर्ने ? त्यस्तै गरेर नेपालमा थप अरु थुप्रै सिमेन्ट कारखानाहरु संचालन गर्न सकिने सम्भावना छ । त्यसमा पर्याप्त विद्युतको प्रयोग किन नगर्ने ? काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधनहरु संचालनमा ल्याउने हो भने यहाँको वातावरण स्वच्छ हुन्छ । र हामीले पेट्रोलियम पदार्थमा जुन बोझ बोकिराखेका छौं, त्यसबाट हामी मुक्त हुन सक्दछौं । 

हामीले हाम्रो आर्थिक सन्तुलन पनि कायम गर्न सक्दछौं । किनभने जुन यो आयात बढिरहेको छ । हामीले त्यसलाई प्रतिस्थापन गर्न सक्दछौं । त्यसैले गर्दाखेरी स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डार जुन छ, त्यसलाई हामीले आत्मनिर्भरताको लागि किन प्रयोग नगर्ने ? काठमाडौं देशको राजधानी हो । यो नमूना हुन सक्छ । यसलाई नमूनाका रुपमा हामी अगाढि बढाउन सक्छौं ।’

राष्ट्रपति भण्डारीले जलवायू परिवर्तनको चपेटाबाट मुलुकलाई जोगाउन पनि हामीसँग रहेका सम्पदाहरुको परिचालन गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गीत, संगीतको माध्यामबाट बुद्धको सन्देश विश्वभर पु¥याउन योगदान गरिरहेको ज्ञानमाला भजन खलःलाई आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

मेयर शाक्यले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाहरुको संरक्षणको कामलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको पनि बताउनु भयो ।