१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा माओवादीले बहुमत ल्याउँछ: अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०६४ मा जस्तै आगामी निर्वाचनमा माओवादी पार्टीले जित हासिल गर्ने दाबी गर्नुभएको छ । रौतहटको कटहरिया बजारमा नेकपा (माओवादी केन्द्र)द्वारा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गर्नुभएको हो । 

उहाँले मधेसी समुदायको अधिकार संविधानमा सुरक्षित गर्न पनि आफू नेतृत्वको पार्टीले जित्नुपर्ने जिकीर गर्नुभयो । “रौतहट आत्मसमर्पणकारीहरूको जिल्ला होइन, लाल क्रान्तिकारीहरूको जिल्ला हो”, उहाँले भन्नुभयो, “केही दलाल, केही भगौडा, केही प्रतिगामीहरू आत्मसमर्पण गर्दैमा रौतहटवासी झुक्दैनन्, माओवादी केन्द्रलाई अत्यधिक मतले विजयी गराउँछन् ।” दलित, मुस्लिम, पिछडिएकाहरूका लागि विशेष अधिकार दिलाउन आफू क्रियाशील रहेको र यसका लागि ठूलो लडाइँ लड्नुपरेको उहाँले स्मरण गर्नुभयो ।

परिवर्तनका लागि देशभरिमा १७ हजारले ज्यान गुमाउनु परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले एक हजार ३०० भन्दा बढी मधेसी जनताले बलीदान दिएर परिवर्तनका लागि योगादान गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “खलनायक, प्रतिक्रिवादीहरू मधेशी, मुस्लिम, दलित, उत्पीडितले आन्दोलनपश्चात पाएको समावेशीको अधिकारलाई समाप्त पार्ने षड्यन्त्रमा लागेका छन्, सचेत हुनुहोला ।” किसानको समस्यालाई मध्यनजर गर्दै बन्द रहेको श्रीराम सुगर मिल सञ्चालन गराउन आफूले पूरै ताकत लगाउने आश्वासनसमेत अध्यक्ष प्रचण्डले उक्त अवसरमा दिनुभयो ।

रौतहटवासीले वर्षेनी खेप्दै आएका डुबानको समस्यालाई समाधान गर्न ऊर्जा तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयलाई लालबकैया र बागमती नदी नियन्त्रण गर्न तटबन्धको व्यवस्था मिलाउन आफूले निर्देशन दिने उहाँले जानकारी दिनुभयो । 

उखु किसानको समस्यालाई समाधान गर्न आफूले काठमाडौँमा पुगेर पहल गर्ने विश्वाससमेत दिलाउँदै अध्यक्ष प्रचण्डले शिवनगरमा विद्युत्को शाखा निर्माण गर्ने बताउनुभयो । मुस्लिम समुदायको मागअनुसार शक्तिशाली मुस्लिम आयोग गठन र इस्लामिक विश्वविद्यालय स्थापना गर्न आफूले पहल गर्ने बताउनुभयो । कटहरिया नगरपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत, नापी, कृषि विकास बैंकको शाखा स्थापना गराउन आफूले सहयोग गर्ने अध्यक्ष प्रचण्डले आश्वासन दिनुभयो । 

नेकपा ९माओवादी केन्द्र०का जिल्ला समन्वय समिति रौतहटका सभापति एवं पूर्व सभासद देवेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका रौतहट इन्चार्ज समिर भट्टराई, पूर्व ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत, पूर्वसभासद गोपाल ठाकुर, मुस्लिम अध्यक्ष ओहिद अन्सारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।