१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

वानेश्वरमा फोटो प्रिन्ट नेपाल सञ्चालनमा



अ+ अ-

काठमाडौं I विगत लामो समयदेखि फोटोग्राफी फिल्डमा रही काम गरि रहेका हरि पाण्डेले फोटो प्रिन्ट नेपाल ल्याव तथा स्टुडियो सञ्चालनमा ल्याएका छन । नयाँबानेश्वर मिनभवन मेनसडकमा रहेको फोटो ल्यावले विश्व स्तरिय गुणस्तरको फोटो नेपालमा नै सेवा प्रदान गर्ने उदेश्यले ल्याव स्थापना भएको सञ्चालक पाण्डेले जानकारी दिए ।

विगत लामो समयदेखि फोटो प्रिन्टको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा काम गरेको अनुभव संगाली सकेका पाण्डेले ग्राहको सेवालाई ध्यान दिएर अनलाइन फोटो प्रिन्टल्यावको सुविधा र होम डेलिभरिको सेवा समेत रहेको वताए । उनले भने, ‘जीवनमा मेलै जानेको यहि हो यसैलाई मुर्त रुप दिन एकल लगानीमा यो कार्य थालनी गरेको हुँ । फोटो मै काम गरेको ३० वर्ष पुगेको छ । अब आफ्नै लगानीमा फाटो प्रिन्ट गर्ने ठाँउ सञ्चालनमा ल्याएको हुँ । उच्चस्तरीय फोटो प्रिन्टको काम गर्ने बताउदै पाण्डेले बढिमा ४४/११७० इन्च सम्मको फोटो प्रिन्ट गर्न मिल्ने जानकारी दिए ।

फोटो प्रिन्टको कामकै सिलसिलामा पाण्डे विश्वका ५६ देश पुगि सकेका पाण्डेले यसअघि विभिन्न ५ वटा सम्म फोटो प्रिन्ट पसलमा लगानी गरेको भएपनि यो भने व्याक्तिगत एकल लगानीमा सञ्चालनमा ल्याएका हुन ।