• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना ★   राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै ★   सडक बनेको १८ वर्षपछि स्तरोन्नति ★   सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ ★   कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: कांग्रेस ★   म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा ★   पृथ्वीराजमार्गमा सवारी दुर्घटना: घाइते २० मध्ये पाँचजना गम्भीर ★   रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा ★   अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश ★   गृहमन्त्री रविका सय दिन : के गरे ? के गर्न सकेनन् ?

आजको राशिफलः २०७८ मंसिर ५ गते, आइतबार



 

२०७८ मंसिर ५ गते, आइतवार, २१ नाेभेम्बर २०२१। मार्ग कृष्णपक्ष, द्वितीया तिथि, १७ः३८ बजेदेखि तृतीया। राेहिणी नक्षत्र, प्रातः ६ः४८ बजेदेखि मृगशिरा)। चन्द्रराशि वृष

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। दिगो फाइदा हुने रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। समय र कामकाे तालमेल नहुँदा केही पछि परिनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला। काम देखाएर फाइदा उठाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अस्वस्थताले केही कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा केही ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला। केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। विशेष अवसरले सफलताको यश पनि दिलाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ।