१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रविशाले निर्माणसँग कसिन् लगनगाँठो



अ+ अ-

काठमाडौं । गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । 

प्रविशाले निर्माण सिटौलासँग आज (आइतबार) बिहे गरेकी हुन् । यी दुई जनाको विवाह समारोह झापा चारपानेस्थित अधिकारीकै निवासमा जारी छ ।

पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । दुवै परिवारको सहमतिमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले केही अगाडि बताएकी थिइन् । 

प्रविशा र निर्माणको इन्गेजमेन्ट केही दिनअगाडि झापामै भएको थियो ।