६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण



अ+ अ-

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले आइतबार सुर्खेतस्थित श्री पश्‍चिम कमाण्ड हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ । 

भ्रमणको दौरान उहाँले कमाण्ड हे.क्वा.मा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशहरुसँगको समन्वय तथा सामुहिक तालिम संचालनको अवस्था लगायतका विषयहरुमा जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । 

भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले कर्णाली प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल समेत गर्नुभएको थियो ।     

यस्तै तीन दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति महारथी शर्माले मिति भोलि (सोमबार) कालिकोटस्थित श्री शम्शेर गुल्म, हुम्लास्थित श्री बराहदल गुल्म र मुगुस्थित श्री श्रीबक्स गुल्मको निरीक्षण तथा मंगलबार जुम्लास्थित श्री नं.२४ बाहिनी अड्‍डा र डोल्पास्थित श्री रामवाण गुल्मको निरीक्षण भ्रमण सम्पन्‍न गरी काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको छ ।