२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी, टोटेनह्याम दुबै विजयी



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएका खेलमा म्यान्चेस्टर सिटी र टोटेनह्याम दुबैले आआफ्ना खेल जितेका छन् । जितसँगै सिटीले १२ खेलबाट २६ अंक जोड्दै पुनः दोस्रो स्थानमा उक्लेको छ ।

लिभरपुल भने १२ खेलबाट २५ अंक जोड्दै तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको चेल्सीको १२ खेलबाट २९ अंक छ ।

घरेलु मैदान एतिहाद रंगशालामा झण्डै ५३ हजार दर्शकसामु निकै प्रभावशाली खेल प्रस्तुत गरेको म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । सिटीका लागि ४४औं मिनेटमा रहिम स्टर्लिङले पहिलो गोल गरेका थिए । त्यसपछि ५५औं मिनेटमा रोड्री र ८६औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गरे ।

त्यस्तै, टोटेनह्याम हस्पर्सले लिड्स युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यस खेलमा पहिलो हाफमा लिड्सले अग्रता लिएको थियो । पहिलो हाफको अन्ततिर ४४औं मिनेटमा लिड्सका लागि डेनियल जेम्सले गोल गरेर खाता खोलेका थिए ।

तर टोटेनह्यामका लागि लुकास मौराको पासमा होयबर्गले ५५औं मिनेटमा गोल गरी बराबरी बनाएका थिए । ६९औं मिनेटमा टोटेनह्यामका सर्जिओ रेगुलोनले विजयी गोल गरेका थिए ।

यो जितसँगै टोटेनह्यामको १२ खेलबाट १९ अंक भएको छ र लिगको अंक तालिकामा सातौं स्थानमा छ । शनिबार राति वाटफोर्डसँग ४–१ गोल अन्तरले स्तब्ध भएको म्यान्चेस्टर युनाइटेड भने १७ अंकका सात आठौं स्थानमा झरेको छ ।