२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङविरुद्ध नेपालले दियो १०५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकपको एसियाली छनोटमा हङकङविरुद्ध नेपालले १०४ रन जोडेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेल्दै तीन विकेट गुमाएर १०४ रन जोडेको हो । 

नेपाली ओपनर सिता राना मगरले ५८ बलमा अविजित ४० रनको योगदान दिइन् । उनले चार चौका प्रहार गरिन् । त्यस्तै, इन्दु वर्माले ३१ रन बनाइन्। 

बलिङतर्फ हङकङका बेट्टी चान र केरी चानले समान १–१ विकेट लिए ।

आज (सोमबार)बाट सुरु भएको आईसीसी विश्वकप २०२३ को एसियाली छनोटमा नेपालले पाँच खेल खेल्दैछ । छनोटमा कुल ६ टिमको सहभागिता रहेको छ। नेपालसहित हङकङ, यूएई, भुटान, मलेसिया, कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

छनोटको शीर्ष स्थानमा रहने टिमले विश्वकपको ग्लोबल क्वालिफायर खेल्नेछ ।