• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस ★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित ★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’ ★   केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु ★   पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते ★   गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप ★   प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने ★   आईपीएलमा आजः लखनउको मैदानमा चेन्नईको चुनौती ★   पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि ★   ८० करोड लगानीमा फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन शुरु

नौ कन्यालाई नइ बाल पुरस्कार



नइ प्रकाशनले आ-आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौ कन्यालाई २०६९ सालको ‘नइ देरुनिखपु पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कृत हुनेहरुमा साहित्यतर्फ स्मृति अधिकारी, चित्रकलातर्फ आयुष्मा रञ्जित, गायनतर्फ गरिमा ज्ञवाली, नृत्यतर्फ प्रतिष्ठा पौडेल, खेलकुदतर्फ शकुन्तला ठकुन्ना र बहुआयामिकतर्फ आर्या पोखरेल हुनुहुन्छ । पुरस्कार राशि जनही रु दस हजार छ ।

यसैगरी, नइ देरुनिखपु कपिला पुरस्कार गायनमा सुदृष्टि राई र नृत्यमा डेचेन लामालाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार राशि जनही सात हजार छ । पाँच हजार राशिको नइ देरुनिखपु चिचिला पुरस्कार अगि्रया सिंहलाई प्रदान गरिने भएको छ । साढे तीन वर्षकी सिंहलाई नृत्यतर्फ पुरस्कार प्रदान गरिन लागिएको हो ।